no comments

पोखरामा जारी क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिता सांग्रिला क्रिकेटको विजयी शुरुवात

पोखरा, मंसिर २४/ सांग्रिला क्रिकेट क्लबले कास्की क्रिकेट क्लबलाई ४ विकेटले पराजित गरेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा बुधबार भएको खेलमा कास्की क्रिकेट क्लबले टस जितेर व्याटिङ गरेको थियो ।

पहिला व्याटिङ गर्ने क्रममा कास्की क्रिकेट क्लबले १४६ रन बनाएको थियो । यु–१६ राष्ट्रिय टोलीबाट खेलिसकेका अर्जुन कुमालले ७१ रन बनाएका थिए ।

उनको अधर्शतकीय पारीको योगदानमा कास्कीले ३७.५ ओभरमा पुरै विकेट गुमाउँदै १४६ रनको योगफल तयार पारेको हो । कुमालले ९३ बल खेल्दै ८ चौकाको मद्धतबाट ७१ रन जोडेका थिए ।

उनीसँगै आयुस सैंजुले २५ रन बनाए । बाँकी व्याट्सम्यानले भने खासै जम्न सकेनन् । चार व्याट्सम्यान भने रनको लागि खाता खोल्नै सकेनन् ।

कास्कीको व्याटिङलाई सस्तैमा आउट गर्ने क्रममा सांग्रिला क्रिकेट क्लबका बलर विकास क्षत्रीले सर्वाधिक ५ विकेट लिए । उनले एक मेडन राख्दै ३१ रन खर्चिएका थिए ।

त्यस्तै सुदिप पौडेलले दुई र कप्तान विपिन खत्रीले १ विकेट लिएका थिए । जवाफी व्याटिङ गरेको सांग्रिला क्रिकेट क्लबले कप्तान खत्रीको ७० रन नटआउट हिर्काउँदै जित पक्का बनाए । उनले अरुण अधिकारीसँग चौथो विकेटको लागि ८४ रनको साझेदारी निभाए ।

२४ रन बनाउने क्रममा तीन विकेट गुमाईसकेको सांग्रिलाको स्कोर उकास्ने क्रममा दुवैले महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तयार पारे । अरुणले ४४ बल खेल्दै ३५ रन बनाए ।

विपिनले भने ६४ बलमा ७० रन बनाउने क्रममा छ चौका र १ छक्का स्कोरमा चढाएका थिए । कास्की क्रिकेट क्लबका विश्व कार्की र नितेश गिरीले समान २/२ विकेट लिए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित क्लबस्तरीय छनोट प्रतियोगिता अन्तर्गत बिहीबार अरण्यज्योति क्रिकेट क्लबले माछापुच्छ«े क्रिकेट क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

TechSansar.com - Technology Navigator website for Nepalese