no comments

रुपाताल माथि झोलुङ्गे पुल निर्माण, १ करोड ३७ लाख लागत, पर्यटकलाई आक्रर्षण

पोखरा, ११ साउन/ पर्यटकीयलाई तान्न रुपाताल माथि झोलुङ्गे पुल निर्माण भएको छ । पोखराको लेखनाथस्थित रुपातालमाथि २ सय ६९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

महानगरपालिका वडा नम्बर–३१ र रुपा गाउँपालिका वडा नम्बर–६ को सिमलटुँडा जोड्ने गरेर पुल निर्माण भएको हो । पुल निमार्ण पछि रुपा ६ का बासिन्दालाई आउजाउ गर्न सहज हुने छ ।

भंगारा पचभैया ट्रेल ब्रिज नामाङ्करण गरिएको सो पुल गण्डकी प्रदेश सरकारको १ करोड ३६ लाख ९६ हजार बनेको हो । पुलको लम्बाई २ सय ६९ र चौडाईं एक मिटर रहेको पूर्वाधार विकास कार्यालय कास्कीका ईञ्जिनियर हरी थापाले जानकारी दिए ।

पुलको निर्माण एम/एस तेज जगदम्बा रुजान जेभी कम्पनीले गरेको हो । पुल निर्माणसँगै पर्यटकीय गतिविधि बढेको छ । आन्तरिक पर्यटकहरु टिकटक बनाउन र फोटो खिच्नका लागि त्यहाँ पुग्ने गरेको स्थानियले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese