1 comments

घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु

अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित फेवाताल र पोखरा उपत्यका धेरै पर्यटकको रोजाइमा पर्छ । पोखरा, प्रकृतिको सुन्दर उपहार । एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन् । हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना प्रकृतिका देन हुन् । प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जिजम्प र जिप फ्ल्याएर जस्ता मानवनिर्मित साहसिक खेल यहाँका आकर्षण छन् ।

घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु
घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु

नेपालमा आएका पर्यटकमध्ये ४० प्रतिशत पर्यटक पोखरा आएकै हुन्छन् । पोखरा त्यतिकै पोखरा भएको होइन । पोखराको ट्रेडमार्क नै हो फेवातालमा माछापुच्छ«े हिमालको छायाँ । हिमाली शृंखला, हिमाल र पोखरासँग धेरैथरी विशेषता जोडिएका छन् । पोखराबाट माछापुच्छे« हिमालसम्मको हवाई दुरी ३३ किलोमिटर मात्रै छ ।

यति अग्लो हिमाल र यति नजिकको सहर विश्वमा विरलै भेटिन्छ । संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ वटा पोखराबाटै देख्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल ८ हजार मिटरभन्दा अग्ला चुचुरा हुन् । पोखरामा फरक—फरक स्वादमा घुन्न पाइने ठाउँ छन् ।

फेवाताल, बेगनासताल र तालहरु

पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ«े हिमालको प्रतिविम्ब तालमै पौडी खेलेको देख्न सकिन्छ । त्यसमाथि तालको बीचमा रहेको तालबाराही मन्दिर पनि पर्यटकका लागि पहिलो गन्तव्य बन्दै आएको छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन । डुङ्गा चढेर तालवराही मन्दिर जानु जति बाध्यता हो, त्योभन्दा बढी त्यसले दिने आनन्द हो । पोखरामा फेवाताल मात्रै नभएर अर्काे सुन्दर ताल बेगनास पनि छ । त्यसैगरी पोखरा उपत्यकामा अरु ताल पनि छन्—कमल, रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्युरेनी । यी तालका आआफ्नै विशेषता छन् ।
………..

घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु
घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु

हिमालको दृश्याअवलोकन

पोखराको जुनसुुकै ठाउँबाट उत्तरतर्फ हेर्दा सेता हिमालहरु देख्न सकिन्छ । पोखराबाट माछापुच्छे« हिमालसम्मको हवाई दुरी ३३ किलोमिटर मात्रै छ । पोखरामा कफिको बसाइ सगँ वाइनका सुताइ सम्म हिमाल हेर्न पाइन्छ । संसारका सबैभन्दा अग्ला १४ हिमालमध्ये ३ वटा पोखराबाटै देख्न सकिन्छ । धौलागिरि, अन्नपूर्ण र मनास्लु हिमाल ८ हजार मिटरभन्दा अग्ला चुचुरा हुन् । त्यहाँबाट कुमारी माछापुच्छ«े, पुठ्ठा हिउ“चुली, धौलागिरि प्रथम, मोदित्से, साउथ अन्नपूर्ण, घान्द्रुक हिउँचुली, फ्याङ, नीलगिरि, अन्नपूर्ण प्रथम, अन्नपूर्ण तेस्रो, अन्नपूर्ण चौथो, अन्नपूर्ण दोस्रो, मर्दी, लमजुङ, मनास्लु लगायत दर्जनौं हिमाल देखिन्छ ।
…………..

गुफाहरु

पोखराम ताल जस्तै गुफाहरु पनि धेरै छन् । पोखरा – १७ छोरेपाटनमा गुप्तेश्वर गुफा धेरै पर्यटक जान गुफा पनि हो । दुई भगम विभाजित गुफाको पहिलो भाग ४० मिटर लामो छ । त्यहाँभित्र महादेबमन्दिर छ । त्यस पछि गुफामा करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स देखिन्छ । त्यसै गरि पोखरा–१६ बाटुलेचौरमा महेन्द्र गुफा छ । गुफाभित्र १ सय २५ मिटरसम्म सजिलै जान सकिन्छ । महेन्द्र गुफाबाट ७ सय मिटरको दुरीमा रहेको यो गुफाको नाम चमेरे गुफा हो । चमेरेगुफा १ सय ५० मिटल लामो छ ।
………………….

घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु
घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु

संग्रहालय

पोखरामा पाँच वटा संग्रहालय छन् । सबै भन्दा बढि पर्यटकहरुको पहिलो रोजाइ अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । रातो पहिरोमा पर्वतीय जनजीवन चिनारी दिने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । त्यसै गरि गोरखालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुल छेवैमा छ । शक्तिघाटमा गुरुङ जनजीवन झल्काउने संग्रहालय क्होइबो छ । त्यसै गरि पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियम पुतली संग्रहालय बनेको छ । त्यहाँ छ सय प्रजातिका पुतली छन् । नयाँ बजारमा क्षेत्रीय संग्रहालय छ, जहाँ पश्चिमाञ्चलको जनजिवन झल्काउने गरि राखिएको छ ।
…………….

धार्मिक पर्यटकलाई ठाउँ

पोखरा पर्यटकहरु विभिन्न बहानामा आउने गर्दछन् । पोखरा धार्मिक रुपमा पनि पर्यटकहरु आउने गर्दछन् । पोखराका विन्ध्यवासिनी, ताल बाराही, भद्रकाली मन्दिर, कास्की कालिका, अकला देबी मन्दिर रहेका छन् । त्यसै गरि विश्व शान्ति स्तुपा, माटेपानी गुम्बा, हेम्जा गुम्बा, जामे मस्जिद, रामघाट चर्च लागयतका छन् । घुम्नलाई तिब्बती शरणार्थी क्याम्प छ । हेम्जा, पृथ्वीचोक र छोरेपाटनमा ।
………………………
पुर्वराजा ज्ञानेन्द्र शाहाका नाती ह्देन्द्र शाहा पोखरामा प्याराग्लाइडिङ गर्दैप्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन र बन्जीजम्प

हावामा कावा खादै पोखरा र हिमाल नियल्नका लागि पनि आधुनिक माध्येमको प्रयोग गर्न सकिन्छ । प्याराग्लाइडिङ मार्फत पोखरा हेर्नका लागि सराङकोटबाट उड्न फेवा किनारम झर्न सकिन्छ । पोखरा विमानस्थलबाट ३ वटा अल्ट्रालाइट कम्पनीले पोखरा देखाउन आकाशमा उडाउ छन् । त्यसै गरि सराङकोटबाट जिपलाइनबाट हेम्जा झरेर बन्जिजम्प गर्न सकिन्छ ।
……………..

वियोग सम्झउने छाँगो
छोरेपाटनस्थित पातले छाँगो पर्यटकको रोजाइमा पर्दछ । २०१८ साउन १५ गते फेवाबाँधबाट आएको भेलले श्रीमती डेभीलाई बगायो । छाँगोभित्र खसेर उनको मृत्यु भयो । त्यही सयमदेखी छाँगोलाई डेभीज फल्स भन्न थालियको हो । त्यसको पानी भूमिगत भई एक किलोमिटर दक्षिण फुस्रे खोलामा गएको छ । यो छाँगो हेर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
……………..

घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु
घुमेर अघाइन्न पोखरा, पोखरामा घुम्नै पर्ने ठाउँहरु

सूर्योदय र धर्तीमुनि लुकेको सेती

पोखराको सराङकोट सूर्योदयका लागि पख्यात ठाउँ । सराङकोटबाट सूर्योदय, हिमाल, पोखरा र ताल हेर्न दैनिक पर्यटकहरु जाने गर्दछन् । त्यसै गरि पोखराका सूर्योदयका लागि शान्ति स्तुप, काहुडाडाँ पनि प्रख्यात छन् । पोखराको मध्येभागबट बगेको सेती नदि केआई सिंहपुल देखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुङेसाँघुम्म धर्तीमुनि लुकेर सेती नदि बग्ने गरेकी छन् ।

यी बाहेक अरु पनि घुम्ने ठाउँ छन् पोखरामा ।

सुरु प्रकाशित: सागरराज तिमिल्सिना, ganthan.com मा 

TechSansar.com - Technology Navigator website for Nepalese

One Response

  1. Roshan sharma