no comments

पोखराको सेतो दरबार

पोखरा, ११ साउन /राणाकालमा तत्कालीन बडाहाकिम धन शम्सेरको निवासको रूपमा प्रयुक्त पोखरा महानगरपालिका वार्ड नम्बर २ स्थित यस भवन सेतो दरबारको नामले परिचित थियो । धन शम्सेर तंत्र बिद्याका ज्ञाता थिए । उनका छोरा हरिराजाका नामले पोखरामा प्रशिद्ध थिए । हरिराजाको वास्तविक नाम त्रैलोक्य नाथ शम्सेर राणा थियो ।

संगीत र नाटकमा उनको अभिरुचि थियो । त्यसैले धन शम्सेरको सेतो दरबार संगीत ,नाटक र तंत्रको त्रिवेणी थियो । सेतो दरबारमा नाटक प्रदर्शन गर्न रंगमन्च रहेको र नाटकहरु प्रदर्शन गरिएको थियो भनिन्छ । हरिराजाले केही पोखरेलीहरुलाइ तबला बादनको प्रशिक्षण दिएका थिए । हरिराजा पछि कलकत्तामा टि।एन।राणाका नामले संगीत जगतमा प्रशिद्ध भए ।

२००७सालको क्रान्ति पछि भूपी शेरचनका पिता सु।हितमान शेरचनले धन शम्सेरबाट यो भवन खरिद गरे । २० को दसकमा भूपी शेरचन यस भवनमा बस्नु भएको बेला प्रेम बिबाह पछि घरमा भित्रिन नपाएको नारायण गोपाल र पेमलाको जोडीले पनि यसै भवनमा शरण पाएका थिए । अम्बर गुरुङ भूपीलाइ भेटन पोखरा आउँदा यसै भवनमा बसेका थिए ।

भूपी शेरचनले सानै हुरीमा बैंसको सपना गीत यहीँ लेखेका र गोपाल योन्जनले यहीँ त्यस गीतलाई संगीतबद्ध गरेका थिए भन्ने मैले सुनेको हुँ । पोखरामा संगीत,नाटक र साहित्यको विकासमा यसको भूमिका अविस्मरणीय छ ।

अचेल यस भवनमा कवि भूपीकी जेठी श्रीमती र जेठो छोरा समीर शेरचनको परिवार बस्नु हुन्छ ।अहिले मोहरिया टोलबाट अर्चलबोट ९पोखरा बाग्लुङ राजमार्ग ० निस्कने बाटोको नाम भूपी मार्ग नामाकरण गरिएको छ ।

तिर्थ श्रेष्ठको फेसबुकबाट लिएको ।

TechSansar.com - Technology Navigator website for Nepalese