no comments

‘फोहोर उठेन चिन्ता नलुनु होस्, पैसा नै तिरेर फोहोर लिन आउ छन्’

पोखरा, ५ चैत/ घरमा नकुहीने फोहोर छ ? फोहोर कहाँ फाल्ने भएको छ ? फोहोरलाई तपाई मोहरमा बदल्न सक्नु हुनेछ । पोखरा महानगरपालिका १६ अर्मलामा ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फोहोरलाई मोहर दिएर संकलन गरी रहेको छ । फोन गरेर आफ्नो घरमा भएको नकुहीने फोहोर दिन सक्नु हुने छ ।

सहकारीको पोखरा १६ अर्मलामा स्थापना भएको फोहोर संकलन केन्द्रले लैजाने ग्रीन भ्याली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकास आचार्यले बताए । अहिले पोखरा महानगरपालिकाले फोहोर फाल्ने ठाउँका स्थानीयले अवरोध गरेपछि फोहोर उठाउन सकेको छैन । सडक छेउमा फोहोरका थुपो छन् ।

आचार्यले आफुहरुले पैसा नै दिएर विगत एक वर्ष देखी फोहोर उठाउदै आएको बताए तर कुहीने फोहोर भने नलिने उनको भनाई छ । उनले घरमा फोहोर संकलन भएपछि फोन गरेर बोलाएमा घरमा लिन जाने बताए । तर फोहोरको बर्गिकरण भने गरेर राख्नु पर्ने उनले बताए ।

अहिले प्लास्टिकका प्रति केसी ८ रुपैया कागज प्रति केजी १० रुपैया, फलाम प्रति केजी ४० रुपैया, कपडा ४ प्रति केजी, तामा प्रति केजी ६ सय ५० रुपैया र वियरको बोटल प्रति दुई वटा १ रुपैया तोकिएको बताए । अहिले १ सय ४३ जना शयेर सदस्य ५० लाखको पुजीँ रहेको अध्यक्ष आचार्यले बताए ।

नकुहिने फोहोर पैसा दिएरै तपाइको घरबाटै उठाउछौ।
कृपया ९८५११९३५६२ मा सम्पर्क गर्नुहोस र फोहर लिन आउन समय लिनुहोस।
हामी सक्दो‌‌ उहि दिन नभए अर्को‌दिन तपाइकहा फोहर लिन आउने छौ।
TechSansar.com - Technology Navigator website for Nepalese