no comments

पोखरामा महिलालाई जबर्जस्ती यौन कार्यमा लगाउन खोज्नेको आरोपमा दुई जना पक्राउ

पोखरा, ८ कात्तिक/ महिलाहरुलाई जबर्जस्ती यौन शोषण गर्न वाध्य पारेको आरोपमा दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ६ लेकसाइड स्थित एक होटलमा महिलाहरुलाई काममा लगाइदिने भन्दै ललाई–फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर यौन शोषण गर्न वाध्य पारेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा –१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका –१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्टराई रहेका छन् ।

महिलाहरुलाई यौन शोषण गर्न वाध्य पारेको भन्ने गोप्य सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले दुई जनालाई पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

पक्राउ परेका उनीहरुमाथि मानव बेचविखन तथा ओसार पसार मुद्धामा जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको हमालले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese