no comments

पोखरामा ठूलो मात्रामा लागूऔषध सहित १ जना पक्राउ

पोखरा, ११ भदौ/ वडा प्रहरी कार्यालय रामबजार, कास्कीको प्रहरी टोलीले ठूलो मात्रामा लागूऔषध गाँजा, चरेस र प्रतिबन्धित ट्याब्लेट सहित एक जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ११ रानीपौवा तुलसी मार्गबाट १ जनालाई प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ तुल्सीमार्ग बस्ने वर्ष २७ को विशाल घमाल रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका निज घमालले आफू सुत्ने कोठामा लागूऔषध लुकाई छिपाई राखेको र यसको कारोबार समेत गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली खोजतलास तथा अनुसन्धान गरेर पक्राउ गरेको छ ।

उनको कोठा भित्र लुकाई छिपाई राखेको Tramaodal Hydrochloride ३०० क्याप्सुल, ३ सय ग्राम चरेश र सुकेको गाँजा ३ किलो ४ सय ग्राम सहित पक्राउ गरीएको वडा प्रहरी कार्यालय राम बजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाही प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यलय कास्की पठाईएको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese