no comments

पोखरामा कोरोनाले थप एक जनाको मृत्यु

पोखरा, २३ भदौ / पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको कोभिड अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण भई उपचाररत पोखरा १० निवासी ७३ वर्षीया महिलाको मंगलबार दिउँसो ३ बजेर ५० मिनेट जादाँ निधन भएको अस्पतालका निर्देशक डा अर्जुन आर्चायले जानकारी दिए ।

उनको आइसियुमा उपचार भइरहेको थियो । यससँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २१ पुगेको छ । यो सगँ गण्डकी प्रदेशमा २ हजार ६ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकीमा अहिले सम्म १ हजार ७ सय ९७ जनामा निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese