no comments

तनहुँमा जीप खोलामा खस्यो, दुईको मृत्यु, ५ घाइते

तनहुँ, २२ भदौ / तनहुँको ऋषिङ गाउँपालिका–१ देउली खोलामा सोमबार जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने जना घाइते भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । जीपमा सवार अन्य छ जना घाइतेमध्ये चार जनाको पोखरामा र दुई जनाको दमौली अस्पतालमा उपचार भइरहेको छ ।

व्यासनगरपालिका–५ स्थित चापाघाटबाट आफन्तको निधनमा भेटी लिएर ऋषिङ गाउँपालिकाको खाल्डे तर्फ जाँदै गरेको ग१ज ७१२८ नम्वरको जीप कच्ची सडकबाट करिब ७० मिटर तल खोलामा खसेको थियो ।

तनहुँ : सवारी दुर्घटना  २ जनाको मृत्यु, ५ घाईते

मिति २०७७।०५।२२ गते अन्दाजी १०:३५ बजेको समयमा जिल्ला तनहुँ रिसिङ गाउँपालिका-१ देउलिखोला स्थित दमौली देबघाट भित्री सडक खण्डमा चापाघाटबाट खाल्टे दाहसंस्कारको लागि जाँदै गरेको  ग १ ज ७१२८ नं को बलेरो जिप आफै अनियन्त्रित भई पल्टिन गई अन्दाजी ७० फिट  तल खसी दुर्घटना हुँदा जिपमा सवार चालक सहित निम्न स्थान बस्ने निम्न मानिसहरु घाइते भई उपचारको लागि  दमौली तर्फ पठाईएकोमा जिल्ला तनहुँ म्याग्दे गाउँपालिका-०७ बस्ने वर्ष ३२को होम बहादुर श्रेष्ठ (चालक) र तनहुँ कै व्यास नगरपालिका-०५ बस्ने वर्ष ५५ को राज कुमार श्रेष्ठको एपोलो अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको छ ।  अन्य ५ जना घाईते भई उपचार भईरहेको छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।

निम्न घाईतेहरु:-

१.जिल्ला तनहुँ व्यास नगरपालिका०५ बस्ने वर्ष ४९ को सन्त कुमार श्रेष्ठ ।

२.ऐ.ऐ बस्ने  वर्ष २५ को मधुसुदन श्रेष्ठ ।

३.ऐ.ऐ बस्ने वर्ष ५१ को राम कुमार श्रेष्ठ ।

४.ऐ.ऐ बस्ने वर्ष ४५ को अनन्त कुमार श्रेष्ठ ।

५.ऐ.ऐ बस्ने वर्ष की संगीता श्रेष्ठ  ।

TechSansar.com - Technology Navigator website for Nepalese