no comments

संसद पुनःस्थापनाबारे शेरबहादुर देउवा र रामचन्द्र पौडेल बिच चर्काचर्की

पोखरा, ६ फागुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपाली काग्रेसमा दुई धार देखीएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेल बीच संसद पुनःस्थापनाका विषयमा दुई धार देखिएको हो । उनीहरुले पोखरामा भएको एउटै कार्यक्रमको मञ्चबाट संसद पुनःस्थापनाका विषयमा चर्काचर्की नै गरे ।

नेपाल मगर संघको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न पोखरा पुगेका नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको फैसलामा असर पर्ने भन्दै सडकमा हुने आन्दोलन आवश्यक नभएको बताए । उनले अदालतले संसद पुनःस्थापना नगरे चुनावको तयारीमा लाग्न पार्टी पंक्तिलाई आग्रह समेत गरे ।

देउवाले संसद विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसला अनुरुप नै कांग्रेस अगाडि बढ्ने प्रस्ट पारे । नेता देउवाले अदालतलाई जुलुस, ¥याली गरेर दबाब नदिने बताए । हठात प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ध्रुविकरणमा लगेको देउवाको ठहर छ ।

दिनहुँ सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने उनले बताए । नेकपाका दुवै समुहले दिनहुँजसो भेला र प्रदर्शन गरिरहेको अवस्थामा दुवैतिर कार्यकर्ता देखिएको बताउँदै देउवाले भने, ‘नेकपाका दुवै गुटमा उत्तिकै मान्छे छन् । हामी भने अदालतलाई दबाब दिन्नौं ।’

उनले ओली र प्रचण्डले जस्तो पैसा खर्च गरेर ठुला ठुला सभा गर्ने सोचमा काँग्रेस नरहेको समेत स्पष्ट पारे । उनले भने, ‘काँग्रेस लोकतन्त्रका लागि लडेको हो । कसैलाई पैसा खर्च गरेर ठुलो मास देखाउनु काँग्रेसका लागि आवश्यक छैन ।’

सभापति देउवा भन्दा पछाडी मञ्चमा बोल्न पुगेका बरिष्ठ नेता रामचन्द्र पौडेलले कुनैपनि हालतमा संविधान विपरित फैसला गर्न नहुने र संसद पुनःस्थापना नहुँदासम्म सबैखाले संघर्षका कार्यक्रम जारी राख्ने प्रतिउत्तर फर्काए । देउवाको भनाईलाई चिर्दै प्रधानमन्त्रीको कदमले अहिलको संविधान नै फाल्न सक्नै भन्दै राजनीतिक पार्टीले आवाज उठाउनुपर्ने बताए ।

नेता पौडेलले पार्टी सभापतिप्रति इंगित पार्टीका नेताले जनतालाई कम्फ्युजमा पार्दै बोल्ने हिड्ने गरेको बताए । उनले पार्टीका ठालुहरुले जनताप्रति जिम्मेवारी नभएको आरोप समेत लगाए । संविधान रक्षाका लागि निर्वाचन नभै संसदको पुनस्र्थापना नभएको उनको जोड थियो ।

पछिल्ला दिनहरुमा कांग्रेसभित्रै संसद पुनःस्थापना कि निर्वाचन भन्नेमा मतभेद कायम छ । शीर्ष नेताहरुले सार्वजनिक कार्यक्रम बाटै आपसमा छेडाछेड गरी रहेका छन् । कार्यक्रममा काँग्रेसका नेता गोपालमान श्रेष्ठले ओलीले संसद विघटन गरेर देशलाई अस्थिरता तर्पm धलेको आरोप लगाए ।

TechSansar.com - Technology Navigator website for Nepalese