no comments

पोखराको सिर्जना चोकमा आकाशे पुल निमार्ण कार्य चल्दै

पोखरा, ५ चैत / पोखरा महानगरपालिकाले पोखराको सिर्जनाचोकमा आकाशे पुल निर्माण कार्य चल्दै छ ।

१ करोड ८२ लागतमा निमार्ण भईरहेको पुलको एक वर्ष पहिले नै सकिनु पर्ने हो तर कोरोनाका कारण अहिले सम्म सकिएको छैन ।

पोखरामा बढ्दो ट्राफिक चापका कारण सिर्जनाचोक सहित पृथ्वीचोकमा पनि आकाशे पुल बनाउने पोखरा महानगरको लक्ष्य छ ।

सिर्जनाचोकको आकाशे पुलको काम चलिरहदा पृथ्वीचोकको पुल भने स्टिमेट र डिजाईन तयार भए पनि बजेट अभावले काम आगडी बढ्न नसकेको महानगरले जनाएको छ ।

सिर्जनाचोकको आकाशे पुल निर्माणका लागि कास्की क्षेत्र नम्बर २ का सांसद स्व. रवीन्द्र अधिकारीले पूर्वाधार विकास कार्यक्रम मार्फत ५० लाख रुपैयाँ विनियोजन गरेका थिए । बाँकी रकम पोखरा महानगरपालिकाले खर्च गरेको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese