no comments

पोखरामा बेहुला चढेको कार दुर्घटना

पोखरा, २२ माघ/  पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकमा शनिबार बिहान बेहुला चढेको कार दुर्घटनामा परेको छ । ग२च ३११७ नम्बरको जीपले ग२च ८५५२ नम्बरको कारलाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

कारमा दुहली लिन जाँदै गरेका स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ का बेहुला दीपक खत्री लगायत सवार थिए ।

उनी बेहुली लिन गैंडाकोट जाँदै थिए । दुर्घटनामा कार र जिपमा सवार सबैलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिएको जिप र कार दुवै प्रहरी नियन्त्रणमा रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese