no comments

कास्की काँग्रेसले आइशोलेसन वार्ड र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय प्रशासनलाई जानकारी

पोखरा, २८ वैशाख /  नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउन दिने र एम्बुलेन्स संचालन सम्वन्धी निर्णय बारे मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।

सरकारलाई आवश्यक परेमा पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन दिने बारेमा पार्टीले गरेको निर्णय जानकारी गराएको हो ।

कास्की काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको जानकारी गराउँदै प्रशासनसँग अनुमति पनि लिएको छ ।

नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मङ्गबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णय जानकारी गराउनु भएको थियो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने बताउनुभयो ।

ज्ञापनपत्रमा संकटका बेला कोरोनाविरुद्वको भ्याक्सिन खरिदमा समेत सरकार कमिशनको खेलमा लाग्नु निन्दनीय भएको भन्दै खेद प्रकट गर्दै कमिशनको विषय तत्काल छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese