no comments

सहारा एकेडेमीलाई केसी ग्रुपको वार्षिक १५ लाख सहयोग, आहा रारा माघमा

तस्बिरः सुर्दशन रञ्जित

पोखरा, १७ कात्तिक/ सहारा एकेडेमीलाई सूर्यबहादुर केसी परिवारले बार्षिक १५ लाखका दरले सहयोग गर्ने भएको छ । बुधबार एक कार्यक्रमका बीच स्व. सूर्यबहादुर केसीकी धर्मपत्नी प्रेमकुमारी केसी र सहारा क्लवका अध्यक्ष हरि गुरुङबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

दुई पक्षबीच १० वर्षसम्म निरन्तर सहयोग गर्ने सम्झौता भएको छ । सहयोगसँगै एकेडेमीको नाम समेत संशोधन भएको छ । अब सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी नाम राखिएको छ ।

सहयोग दाताको भरमा सन्चालन हुँदै आएको एकेडेमीमा पहिलो पटक ठूलो राशीको सहयोग गरिएको हो । एकेडेमीमा १४ जिल्लाका २४ जना कठिन परिस्थितिका बालकहरु आश्रित छन् ।

उनीहरुको शिक्षा दीक्षा सहित फुटबल प्रशिक्षण एकेडेमीले दिने गरेको छ । हालसम्म सहारा युके, सहारा हङकङ र सहारा अष्ट्रेलियाबाट सहयोग पठाउने गरिएको थियो । एकेडेमी चलाउनकै लागि क्लवले आहा रारा गोल्डकप आयोजना गर्दै आएको छ ।

यस्तै सहारा क्लवले आयोजना गर्दै आएको आहा रारा गोल्ड कप माघ ६ देखि सुरु गर्ने तयारी गरेको क्लबले जनाएको छ । फुटवल प्रतियोगिताको मुख्य प्रयोजन समेत केसी ग्रुपले नै गरेको छ । सहारा क्लवले आफैले जग्गा खरिद गरेर दोविल्लामा एकेडेमी सन्चालन गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese