no comments

पोखरामा असिना पानी, तरकारी बाली र फलफुलमा ठुलो क्षती

पोखरा, २६ फागुन/ पोखरा बुधबार दिउसो परेको असिना पानीले तराकारी र फलफुल खेतीमा क्षती पुगेको छ । पोखरा १७, २१ र २२ ठुलो क्षती पुगेको स्थानीयले जानकारी दिएका छन् ।

तरकारी खेती बन्दा, काउली, काक्रो, घिरोलाका विरुवा, फुल फुलेका सुन्तला, एभोगाडो लगाएतमा क्षती पुगको जानकारी आएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।

उनले ठाउँ ठाउँमा असिनाले ठुलो क्षती पुगेको भन्दै किसानहरुले फोटो पठाएको बताए । कति क्षती भयो भन्ने विवरण संकलन गर्ने सुरु भएको उनको भनाई छ ।

पोखरा २२ पुम्दीभुम्दीका किसान उमाकान्त बरालले आफुले ७ रोपनी क्षेत्रमा लगाएका तरकारी बाली असिनाले निमेट पारेको बताए ।

बरालको महोनस्वारा कृषि फर्ममा लागएको बन्दा, काउली, एक हजार बोट खुसार्नी, काक्रो, आधामा लगाएको मुला, आधारोपनीमा लगाएको धनिया, सबै निमेट पारेको बताए ।

करिब १ घण्टा सम्म परेको असिना पानीले तरकारी कहाँ लगाएको हो भन्ने समेत नदेखीने बताएको बताए । उनले तीन वटा असिनाको तौल लिदा १ किलो पुगेको बताए ।

तरकारी बालीको विमा भने आफुले नगरेको बरालको भनाई छ । एक वर्ष पहिले विमाका लागि गएपनि निकै दुःख दिए पछि विमा गर्न नगएको बताए ।

कृषि महाशाखा प्रमुख कडरियाले पोखरा महानगरले असिनाबाट तराकारी जोगाउन जाली वितरणलाई गरीरहेको बताए । लामो समय पछि पोखरामा ठुलो पानी परेको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese