no comments

लमजुङमा १४ सहित गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण

पोखरा, १७ भदौ / लमजुङमा थप १४ जना सहित गण्डकी प्रदेशमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लमजुङको बेसीसहरमा तीन जना महिला सहित १५ जना पुरुषमा, नवलपुरको देवचुलीमा एक जना महिला, कास्कीको पोखरामहानगर पालिकामा एक पुरुष, तनहुँको शुक्लागण्डकीमा एक महिला, स्याङजाको आँधीखोला पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

बुधबार दिऊसो सम्म गण्डकी प्रदेशमा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै गण्डकीमा २ हजार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस अगाडी गण्डकी प्रदेशमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, डोजर व्यवसायी, किनारा पसले सहित ३६ जना कोरोना भाइरस (कोभिड १९)का संक्रमित थपिएका थिए ।

पोखरास्थित क्षयरोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवनको भरतपुर अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणबाट ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये ३ महिला सहित २४ जना कास्कीका रहेका छन् भने ४ महिला सहित ७ जना नवलपुरका, दुई महिला र दुईजना पुरुष गरी ४ जना लमजुङका र एक/एकजना महिला र पुरुष गरी दुईजना तनहुँका रहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

कास्कीका संक्रमितमध्ये २० जना नेपाल प्रहरीमा कार्यरत, एक जना स्टाफनर्स र एक जना डोजर व्यवसायी रहेको निर्देशक शर्माले जानकारी दिए । लमजुङ सुन्दर बजारका एकजना पुरुष ओमनबाट आएका हुन् भने एक जना महिला किनारा पसले हुन् ।

अन्य संक्रमितहरु भने कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको शर्माले जानकारी दिए । गण्डकीमा १ हजार ७ सय १२ जनामा निको भएर घर फर्किएका छन् भने अहिले गण्डकी प्रदेशमा कोरोनाबाट १४ जनाको ज्यान गएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese