no comments

पोखरामा लागूऔषध सहित ३ जना पक्राउ

पोखरा, १२ साउन / कास्की प्रहरीले लागूऔषध सहित पोखराबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले ३ जना ब्यक्तिहरूलाई लागू औषध नुर्फिन २६ थान, डाईजापाम २६ थान र फेनारगन २६ थान सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा २३ घर भई पोखरा ८ सृजनाचोक बस्ने नविन परियार, पोखरा २८ घर भई पोखरा ८ सृजनाचोक बस्ने शिवजी तिवारी र दाङ तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर ९ घर पोखरा ८ सृजनाचोक बस्ने राजकुमार चौधरीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

लागू औषध नियन्त्रण ऐन, २०३३ विपरितको कसूर अन्तर्गत मुद्दा दर्ता गरेको हमाले जानकारी दिए । उनीहरुलाई कास्की जिल्ला अदालतबाट १० दिनका लागि म्याद थप गरि आवश्यक अनुसन्धान उनले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese