no comments

गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशन अध्यक्ष गोगंजुलार्य पितृ शोक

पोखरा, २९ मंसिर/ गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियशन अध्यक्ष एवं पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य राजन गोगंजु लाई पितृ शोक परेको छ ।

गोगंजुका पिता बुद्धिप्रसाद गोगंजुको ७२ बर्षको उमेरमा सोमबार राती रानीपौवा स्थित आफ्नै निवासमा निधन भएको हो । स्वर्गिय गोगंजुमा मधुमेह र फोक्सो सम्वन्धी समस्या रहेको थियो ।

रानीपौवा आयल स्टोर्स स्थापना गरेर पेट्रोलियम पदार्थको कारोवार गर्दै आउनु भएका स्वर्गिय गोगंजुले रानीपौवा तायमचा नाच समितिको अध्यक्ष, रानीपौवा नेवा कच खलःको अध्यक्ष, भिमसेन सिं गुठीको संस्थापक अध्यक्ष र वडा सदस्य समेत भएर कार्य गर्नु भएको थियो ।

स्वर्गिय गोगंजुको मंगलबार विहान पोखरा रामघाटमा अन्त्येष्टी गरिएको छ । गोगंजुका श्रीमती र तीन छोराहरु छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese