no comments

पोखरा सडक महोत्सव शुरु, पर्यटकीय क्षेत्र २४ घण्टा खोल्ने सरकारको तयारी

पोखरा, १५ पुष/ गृहमन्त्री बालकृष्ण खाँड विपक्षी दलहरुलाई संसद अवरोध नगर्न आग्रह गरेका छन् । उनले संसद अवरोध गर्नका लागि नभई जनताको समस्या छलफल गर्ने थलो भएको बताए ।

२३ औं पोखरा सडक महोत्सवको पोखरामा उदघाटन गर्दै गृहमन्त्री खाँणले प्रतिपक्ष एमालेलाई संसदमा अवरोध नगरी छलफल गरेर अगाडी बढ्न आग्रह गरे ।

पर्यटकीय क्षेत्र लेकसाईड चौबिसै घण्टा खोल्ने विषयमा छलफल र बहस चलिरहँदा गृहमन्त्री खाँणले पर्यटकीय क्षेत्रलाई आवश्यक अनुसार २४ घण्टा खोल्ने तयारीमा सरकार रहेको बताए । उनले पर्यटकीय क्षेत्र २४ सै घण्टा खुलाउदा स्थानीयको सहयोग आवश्यक रहेको बताए ।

‘चौबिसै घण्टा व्यवसाय खोल्दा निद्राका रोगीले हामीलाई असर पुग्यो भनेर आउँछन्, त्यसको लागि स्थानीयको सहयोगको आवश्यक पर्छ ।’ उनले पोखराबाटै पर्यटकीय क्षेत्र २४ सै घण्टा शुरु होस भन्दै सहयोगको अपेक्षा गरेको बताए । ठूलो साउण्ड बजाउँदा आसपासका छिमेकीलाई असर पर्ने भएकोले त्यसमा भने हेक्का राख्नुपर्ने उनले बताए ।

गृहमन्त्री खाँणले पोखराको फेवासहितका अन्य ताल संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताए । ‘फेवाताल संरक्षण गर्न बुझाइएको प्रतिवेदन कार्यान्वयन गर्न सरकार तयार छ,’ उनले भने, ‘कार्यान्वयन गर्न स्थानीय सरकार जिम्मेवार र संवेदनसील बनोस ।’ गृहमन्त्री खाँणले मञ्चमा बसेर भाषण मात्रै दिएर ताल संरक्षण नहुने भन्दै कार्यान्वयन गर्न मञ्चमै बसेकाको सहयोग हुनुपर्ने बताए ।

महोत्सव पर्यटकीय स्थलको करिब साढे ३ किमी क्षेत्रलाई दुलहीझैं सिंगारिएको छ भने महोत्सवको बेला रेष्टुरेन्ट तथा पसलहरुले पनि सडकबाटै निकालिएको छ । पुस १७ सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहनेछ ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगिता हुने छन् । महोत्सव सुरु अघि खहरेदेखि ¥याली सुरु भई मितेरीपार्क अगाडि आएर उद्घाटन समारोहमा परिणत भएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese