no comments

पोखराको पृथ्वीनारायण क्याम्पसमा चरा गणना

पोखरा, १७ माघ / पोखराको पृथ्वीनारायण क्याम्पसमा यस वर्ष चरा गणना भएको छ । पृथ्वी नारायण क्यामपसमा बिएससी पढ्ने विद्यार्थीहरुले चरा गणना गरेको हो ।

चरागणनाका लागि शिक्षक र विज्ञहरुले चरागणनाका बारेमा जानकारी दिएका थिए । किताबी ज्ञानलाई व्यवहारमा प्रयोग गर्नका लागि यो कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक तथा विसिसि सदस्य सुर्दशन पराजुलीले बताए ।

गणनामा पृथ्वीनारायण क्याम्पस परिसरमा ३० प्रजातिका चराहरु देखीको उनले बताए । सबै भन्दा धेरै कालो चिल (व्याक काइट) देखीएका थिए । धोबीनि चरा, ढोडे गोकुल (ग्रेटर कौकल), कालो चिबे, डाङ्गे, टेलर बर्ड, राज गिद्ध (सिनेरियस भल्चर) लगाएतका चराहरु देखीका थिए । राज गिद्ध संकटापन्न प्रजाति पनि हो ।

विद्यार्थीहरुलाई चरा गणनामा टाइगर माउण्टेन पोखरा लजका हरी परियार, हरी भण्डारी, साजन रानाभाट, नारायण परियार, शिक्षकहरु सोमनाथ शर्मा, ऋषि बराल, ओमप्रकाश सिङ, राजेन्द्र बस्यौलाले करिब २५ जना विद्यार्थीलाई सहजिकरण गरेका थिए ।

उनीहरुले चरा संरक्षण गर्नु आवश्यकता रहेको बताउदै चरागणनाले विद्यार्थीको पढाइ सघाउने बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese