no comments

ग्यास, पेट्रोल, डिजेल र मटितेलको मूल्य

पोखरा, २९ माघ/ सरकारले बिहीबार देखी खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

पेट्रोल, डिजेल र मट्टतिेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलको मूल्य ११२ र डिजेल र मटितेलको ९५ रुपैयाँ पुगेको छ । एलपी ग्यासको मूल्य बढेर प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । निगमले सिलिन्डरमा २५ रुपैयाँ मूल्य बढाएको हो ।

हवाई इन्धनको मूल्य हाललाई यथावत नै राखिएको निगमले जनाएको छ । निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese