no comments

प्रधानमन्त्रीको विरोधमा पोखरामा कांग्रेसले प्रदर्शनको

पोखरा, ६ पुष / प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा पोखरामा कांग्रेसले प्रदर्शनको गरेको छ ।

ओलीले चालेको असंवैधानिक र अलोकतान्त्रिक पद्धतीका विरुद्ध कास्की कांग्रेसले पोखरामा बिरोध प्रदर्शन गरेको हो
चिप्लेढुङ्गास्थित पार्टी कार्यालयबाट शुुरु हुने प्रदर्शन महेन्दपूलमा पुगेर विरोधसभामा परिणत भएको थियो ।

कार्यक्रमलाई पूर्व सभामुख तथा कांग्रेस नेता तारानाथ रानाभाटले विघटनको विरोध गर्दै ओलीको कदम असंवैधानिक भएको बताए ।

उनले प्रतिनिधिसभा विघटन गर्ने ओलीको निर्णय जनताको मर्म नबुझ्ने र असंवैधानिक रहेको बताएका हुन् ।

संविधानमा लेखिएका अक्षरलाई पढ्दा ओलीको कदम अक्षरका खिलाफ छन् भनेर सहजै बुझ्न सकिने बताउँदै उनले भने, ‘अक्षरको विरुद्ध छ भावनाको विरुद्ध छ, अराजनीतिक, अनैतिक, अप्रजातान्त्रिक, जनविरोधी कदमलाई सच्याउन छ ।’

उक्त कदमलाई साधारण व्यक्तिले पनि संविधान होइन भनेर बुझ्न सक्ने रानाभाटको भनाई छ । त्यस्तै उनले अहिलेको परिस्थितिमा सर्वोच्च अदालतबाट आशा अझै नमरेको उनी बताउँछन् ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका अध्यक्ष कृष्ण केसीले अहिलेको स्थितिमा सबै मिलेर एकजुट भई काम गर्नुपर्ने बताए । उनले जनता र आफनै पदलाई दाउमा राखेर उठाएको कदमको आफूहरु सर्मथन नगर्ने उनको भनाई थियो ।

कार्यक्रमा काग्रेसका नेता शुक्रराज शर्मा, बिद्यार्थी नेता ,विकास थापा लगाएतले बोलेका थिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese