no comments

लुम्बिनी विकास बैंकको कार्यक्रममा ८१ युनिट रगत संकलन

पोखरा, २४ असोज / लुम्बिनी विकास बैंकले शनिबार पोखरामा गरेको कार्यक्रममा ८१ युनिट रगत संकलन भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लायन्स क्लब अफ पोखरा माछापुच्छ«े भिलेजसँगको सहकार्यमा बैंकको महेन्द्रपुल शाखा परिसरमा रक्तदान गरिएको हो ।

बैंकका सञ्चालक, संस्थापक, कर्मचारी लगायत सुभेच्छुकले रक्तदानमा सहभागिता जनाएको शाखा प्रवन्धक बलबहादुर ढकालले जानकारी दिए । उक्त शाखामा बर्सेनि रक्तदान कार्यक्रम हुँदै आएको छ ।

‘निरन्तर सहयात्रा’ नारा लिएर अगाडि बढेको बैंकले मुलुकभर ६८ शाखा र १७ एटिएमबाट २ लाख ६० हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । आधुनिक प्रविधिसहित ग्राहक वर्गमा सेवा पु¥याउँदै आएको बैंकको दाबी छ ।

बैंकले ग्राहकलाई निशुल्क डेबिट÷एटिएम कार्ड प्रदान गर्नुका साथै उक्त कार्डबाट नेपालभित्रका कुनै पनि भिजा नेटवर्क भएका एटिएमबाट रकम झिक्दा शुल्क नलाग्ने गरी सुविधा दिँदै आएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese