no comments

‘संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान’– काग्रेस नेता प्रकाशमान सिंह

पोखरा, ३ फागुन/ नेपाली कागे्रसका पूर्व महामन्त्री प्रकाशमान सिंहले संसद पुर्नस्थापना नभए मुलुक विदेशीको खेलमैदान बन्ने बताए छन् । नेपाली कागे्रस कास्कीले पोखराको लेखनाथमा आयोजीत विरोधसभामा सिंहले संसद पुर्नस्थापना भएमा नेपाल नेपालीकै हातमा रहने र नभए बाह्यशक्ति हावि हुने बताए ।

उनले संविधानलाई असफल बनाउन ओलीले संसद विघटन गरेको आरोप लगाए । संसद विघटनमा ओलीको मात्र हात नभई विदेशीको इशारा पनि रहेको सिंहको भनाई थियो । उनले ओलीले संविधान माथि नै धावा बोलेको आरोप लगाए ।

उनले ओलीले हिजो दुईतिहाइ मतका आधारमा प्रधानमन्त्री बनेपनि उनले दुईतिहाइको त्यो मत धान्न नसकेको बताए । ‘ओली प्रधानमन्त्री हुँदा उनीसँग दुईतिहाइ मत थियो, तर, उनले त्यो धान्न सकेनन्,’ सिंहले भने, ‘अब पनि दुईतिहाइ ल्याएर उनीसँग आशा गर्ने ठाउँ रहँदैन ।’ ओली आफ्नै दलमा पनि असफल भएको सिंहले बताए ।

‘राम्रो काम गर्दा सहयोग हुन्थ्यो, तर, ओली संसदसँग फेस गर्न चाहेनन र सकेनन् । ‘ओलीको शैली आफुले भनेको सबैले मानिदिनुपर्ने अहंकारको प्रवृत्ति छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले लामो समयपछि सिंहदरबार प्रवेश गर्दा नौटंकी देखाएको बताए । कार्यक्रममा पूर्व सभामुख तारानाथ रानाभाटले ओली अहिलेको व्यवस्था नै असफल बनाउन उद्दत रहेको बताए ।

‘देश कहाँ जान्छ भन्ने अवस्था रहेन,’ रानाभाटले भने, ‘संसद पुर्नस्थापना नै कांग्रेसको मूल उद्देश्य हुनुपर्छ । कांग्रेसले दोधारे नीति बनाउनु हुँदैन ।’ चुनाव की संसद पुर्नस्थापना मध्येमा पहिलोमा पुर्नस्थापना र दोश्रो प्राथमिकतामा बल्ल चुनाव हुनुपर्ने उनले बताए ।

कांग्रेसका जिल्लास्तरीय नेताहरुले पनि ओलीको कदमको विरोध गरेका थिए । काग्रेसका नेताहरु शुक्रराज शर्मा र यज्ञबहादुर थापा लगायतले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर मुलुकलाई नै अप्ठेरो अवस्थामा लगेको बताए ।

कास्कीको लेखनानमा कांग्रेसले आयोजना गरेको विरोधसभामा पोखरा र आसपासका गाउँबाट समेत कांग्रेस कार्यकर्ता आएको कांग्रेस कास्कीका प्रवक्ता नविन सिग्देलले बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese