no comments

गण्डकी प्रदेशमा पहिलो चरणमा १८ हजार फ्रन्टलाइनर्सलाई कोरोना खोप

सागर राज तिमिल्सिना
पोखरा, ११ माघ / भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको कोरोना विरूद्धको खोप आइतबार पोखरा आइपुगेको छ । सरकारले कोभिड–१९ विरूद्धको ‘कोभिसिल्ड’ नामक खोप गण्डकी प्रदेशमा आइतबार साझँ मात्रै ल्याइ पु¥याएको हो । खोपलाई प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थ्पान केन्द्रको कोल्ड स्टोरमा राखीको छ ।

गण्डकी प्रदेशमा पहिलो चरणमा उक्त कोरोना विरूद्धको खोप फ्रन्टलाइनर्सलाई लगाइने तयारी गरिएको छ । आइतबार पोखरा आइपुगेको खोप सोमबार जिल्ला जिल्लामा पु¥याउने प्रदेश स्वास्थ्य आपुर्ति ब्यवस्थ्पान केन्द्र पोखराका निर्देशक खिम खड्काले जानकारी दिए ।

गण्डकी प्रदेशमा आवश्यक पर्ने जति कोरोनाविरूद्धको खोप राख्न मिल्ने स्टोर रहेको उनले बताए । जिल्ला जिल्लामा पुगेपछि माघ १४ गते देखी सबै जिल्लामा खोप अभियान शुरु गर्ने उनलेको भनाई छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो चरणमा १७ हजार ३ सय ९६ जनालाई फ्रन्टलाइलाई कोरोनाविरूद्धको खोप लगाउने तयारी गरेको छ । पोखराका तीन वटा अस्पतालबाट कोरोनाको खोप लगाउने तयारी भएको स्वस्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

उनले पोखराका गण्डकी अस्पताल, मनिपाल अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पताल पोखरा लेखनाथ र अन्य जिल्लमाका जिल्ला अस्पतालबाट खोप दिने बताए । पहिलो चरणमा चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, स्वास्थ्य स्वयंसेविका लगायतलाई लगाउने शर्माको भनाई छ ।

प्रदेशमा खोप दिनका लागि पूर्वतयारी पनि थालिएको छ । खोप लगाउनका लागि १० जनाले तालिम लिइ सकेका छन् । तिनै १० जनाले जुममार्फत जिल्लाका स्वास्थयकर्मिलाई तालिम दिने छन् । खोप चिकित्सकका निगरानीमा लगाउने तयारी भएको शर्माले बताए । यो खोप शरीरमा एलर्जी हुने व्यक्ति, गर्भवती, सुत्केरी, बच्चालाई दूध चुसाइरहेकी आमा र १८ वर्षभन्दा कम उमेरका कुनै पनि व्यक्तिले लगाउनु हुदैन ।

गण्डकी प्रदेशमा अहिले सम्म १५ हजार ३ सय ३८ जना संक्रमित भएका छन् भने १४ हजार ६ सय ७१ जनालाई निको भइसकेको छ । अहिले सम्म २ सय ३ जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमितको सख्या ७३ रहेको छ । गण्डकीका ११ जिल्ला मध्ये गोरखा, मनाङ र मुस्ताङ कोरोना संक्रमण मुक्त भइसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese