no comments

ढोरपाटनमा बाढीः चार जनाको मृत्यु, १३ बेपत्ता, ३० घर बगायो (नाम सहित)

बागलुङ, १८ भदौ / ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति गएको बाढीपहिरोले चार जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् ।

राति करिब साढे १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० घर बगाएको प्रहरीले जानकारी दिएको छ ।

बाढीले सडक छेरमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत गृह, दुईवटा मोटरसाइकल एक वटा झोलुङ्ले पुल, दुई वटा विद्यालय भवन समेत बगाएको छ ।

ढोरपाटन नगरपालका ९ को लाँकुरीबोट १५ घर, दुनेपँधेरामा ५ घर, घट्टबोटमा ८ घर र सुप्राङ २ घर बगाएको छ भने सरस्वति आधारभुत विद्यालय र जनचेतना प्राथमिक विद्यालय समेत बाढीले बगाएको छ ।

बेपत्ताको खोजी र उद्धारमा प्रहरी, स्थानी जुटेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराकी एसएसपी किरण रानाले जानकारी दिइन् ।

जिल्ला बागलुङ ढोरपाटन न.पा.९ भुसुण्डेदुनेपोखरा,लाकुरीबोटमा बाढी पहिरो

मिति २०७७।०५।१८ गते अं.०१:०० बजेको समयमा परेको अबिरल बर्षाको कारण जिल्ला बागलुङ ढोरपाटन न.पा.९ भुसुण्डे,दुनेपोखरा,लाकुरीबोट स्थितमा पहिरो जाँदा ऐ.स्थितमा बसोबास गर्ने अं.८ महिला,२ पुरुष गरी जम्मा १० जना व्यक्तिहरू उक्त पहिरोमा परी बेपत्ता हुन सक्ने,स्थानियहरुको सम्पर्कमा नरहेको,उक्त पहिरोले ऐ.स्थित भुसुण्डेमा पार्किङ

गरी राखेको ग१ज ४१२५ नं.को पिकअप जिप, खोलाको झोलुङ्गे पुल समेत बगाई लगेको,उक्त पहिरोले के कती मानबीय,चौपाय तथा भौतिक क्षती गरेको छ भन्ने तत्काल खुल्न नसकेको भन्ने खबर स्थानियले टे.फो.मार्फत ई.प्र.का.बुर्तिवाङमा जानकारी गराउनासाथ तत्काल ई.प्र.का.बुर्तिवाङबाट प्र.नि.प्रकाश सिंह भण्डारीको कमाण्डमा १२ जनाको प्रहरी टोलि घटनास्थल तर्फ खटिईजाने क्रममा ऐ.३ झर्नेबगर स्थित खोलाको किनारमा बगाई ल्याएको अन्दाजी ३०।३२

वर्षको पुरुष व्यक्तिको कम्मर भन्दा माथिको भाग समेत फेला परेको,उक्त शब तत्काल को कस्को हो पहिचान नखुलेको,शब प्रा.स्वा.के.बुर्तिवाङमा ल्याई राखीएको, सम्बन्धित घटना स्थलमा बर्षा,बाटोमा रहेको पहिरो  तथा खोलाको कारण प्रहरी टोलि घटना स्थलमा पुग्न नसकेकोभुजीखोला किनारमा रहेका घरहरु उच्च जोखिममा रहेका, ढोरपाटन न.पा.-५ बुढाथोक स्थित

भुजिखोलाको पुलको लठ्ठामा ३५/३६ बर्षको पुरुष व्यक्तिको १ शव(पानी मुनी) अड्केको अवस्थामा रहेकोमा निकाली सहीखोला स्वास्थ्य चौकीमा राखीएको,अन्य क्षतीको बारेमा प्रहरी टोली घटना स्थलमा पुगेपछि मात्र खुल्ने,उक्त घटनास्थल यस कार्यालयबाट अं.१५।१६ कि.मि.दक्षीण पर्ने।

फ्लो-अप बिबरण

बिहान ०७.१५ बजे बुर्तिबाङबाट खटिएको प्र.नि.को टोली घटनास्थलमा पुगेको ।

ढोरपाटन न.पा. ९ सुकुदुङमा रहेको स्वास्थ्य चौकीको भवन लगायत स्थानिय १३ वटा घर पुर्ण रूपमा बगाएर क्षति भएको ।

हाल सम्म बेपत्ता भएका मानिसहरुको नामावली:-

१.ढोरपाटन नगरपालिका ९ बस्ने बर्ष ३५ कि कौशला पुन ।

२.निजको छोरा बर्ष ६ को हिक्मत पुन ।

३.ढोरपाटन न.पा.९ बस्ने बर्ष ३५ को जीत बहादुर घर्ती ।

४.ऐ.बस्ने बर्ष ४० को राजु घर्ती ।

५.ऐ. बस्ने बर्ष २८।३० कि कुमारी बि.क. ।

६.ऐ.बस्ने बर्ष १९ कि पुतली बि.क.।

७.ऐ.बस्ने बर्ष ३२ कि कर्मती घर्ती मगर ।

८.ऐ.बस्ने बर्ष ३५ की रीना घर्ती मगर ।

९.ऐ.बस्ने बर्ष ३५ कि दिलमाया घर्ती मगर ।

१०.ऐ.बस्ने निजको छोरा बर्ष ६ को नाम नखुलेको ।

११.ऐ.बस्ने बर्ष ५५ कि डोटी पुन

१२.ऐ.बस्ने बर्ष ५२ कि टुलमती पुन

१३.ऐ. गलकोट न.पा.४ घर भई ढोरपाटन घुम्न गएको बर्ष २४।२५ को नविन भण्डारी ( निज सङ्ग २ मोसा मा अन्य ३ जना गरी ४ जना गएकोमा दुबै मोसा बगाएको ३ जना मानिस सकुशल रहेको )

प्रहरीले हाल सम्म फेला पारेको लासहरू

१.ढोरपाटन न.पा.३ भुजिखोला किनारमा अन्दाजी ३०/३२ बर्षको पुरुष ब्यक्तीको कम्मर भन्दा माथिको भाग मात्र सनाखत नभएको ।

२.ऐ. ढरपाटन न.पा.५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा बर्ष अन्दाजी ३०।३५ को पुरूष व्यक्ति

३.ऐ.बडिगार्ड गा.पा.५ बालुवा स्थितमा बर्ष अन्दाजी २०।२२ को पुरूष

४.ऐ.बडिगार्ड गा.पा. ७ खोप्चेमा बर्ष अन्दाजी १२।१३ को पुरूष व्याक्ति

TechSansar.com - Technology Navigator website for Nepalese