no comments

पोखरामा ६ किलो गाँजा सहित २ जना पक्राउ

पोखरा, १५ भदौ / कास्की प्रहरीले ६ किलो गाँजा सहित पोखरा ३३ भरतपोखरीबाट दुई जना युवालाई पक्राउ गरेको छ ।

पोखराको बिभिन्न स्थानमा लागूऔषध बिक्री बितरण, ओसारपसार हुने गरेको भन्ने गोप्य सुचनाको आधारमा दुई जनालाई पक्राउ गरेको हो । कास्की प्रहरी र प्रहरी चौकी भरतपोखरीबाट खटिएको बिशेष टोलीले सोमबार राति पक्राउ गरेको हो ।

सवारी साधन चेकजाँच गर्ने क्रममा ग ९ प ६०२८ नम्बरको पल्सर मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा ६ केजी १ सय ग्राम र लागूऔषध तौल गर्ने मेसिन थान १ समेत फेला पारेका कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पक्राउ परेका तनहुँ शुक्लागण्डी १२ घर भई हाल जिल्ला कास्की पोखरा १७ बिरौटा संजोक बि.क र शिलास बि.कलााई पक्राउ गरेको हमालले बताए । उनीहरुलाई लागू औषध नियन्त्रण ऐन,२०३३ विपरितको कसूर अन्तर्गत थप अनुसन्धान भईहेको उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese