no comments

चिनियाँ प्राविधिक र कामदार पोखरा आउन थाले, स्वीफ्ट होलिडेजले काठमाडौंबाट पोखरा

पोखरा, १३ पुष / पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ कामदार कोरोना खोप लगाएर नेपाल आउन थालेका हुन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि ६० जना चिनियाँ कामदार चीनमा बनेको कोरोना खोप लगाएर आइतबार नेपाल आइपुगेका हुन् ।

उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा ल्याउने व्यवस्था स्वीफ्ट होलिडेज प्रालिले गरेको छ ।

चीनमा देश बाहिर जाने आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप लगाई एक महिना आराम गर्ने अवधि पुरा गरेपछि मात्रै जान दिइने व्यवस्था गरिएको छ । सरकारी प्रावधान पूरा गरी चिनियाँ कामदार नेपाल आएका हुन् ।

उनीहरुले संक्रमणलाई ध्यान दिई पीपीई, मास्क लगाएरै नेपाल प्रवेश गरेका छन् र कार्यस्थलसम्म नपुग्दा सम्म उच्च सुरक्षा सावधानी अपनाउने बताइएको छ ।

सन् २०२० मा नयाँ वर्ष मनाउन गएका चिनिया प्राविधिक तथा कामदारहरु कोरोना पछि उतै रोकिएका थिए । नेमालमा निर्माणधिन चिनिया प्राविधिक टोली धमाधम नेपाल फर्किन थालेका छन् ।

चिनियाा लागनी तथा नेपाल सरकारबाट ठेक्का प्राप्त गरेका सिमेण्ट कारखाना, आइडोपावर र विमानस्थल जस्ता दर्जनौ विकास आयोजनाहरुमा झण्डै २० हजार चिनियाँ कामदारहरु संलग्न रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese