no comments

पोखरामा अक्सिजनका सिलिण्डर संकलन गर्दै प्रहरी

पोखरा, २५ बैशाख/ कोरोनाको दोश्रो लहर अस्पतालमा अक्सिजन दिनुपर्ने गम्भिर प्रकृतिका बिरामी बढ्दै गएपछि कास्की प्रहरी सिडिण्डर संकलन अभियान शुरु गरेको छ ।

अक्सिजन दिनुपर्ने खालका गम्भिर प्रकृतिका बिरामी बढ्न थालेपछि अस्पतालमा अक्सिजन माग बढ्दै गएको छ । अक्सिजन सिलिण्डर नहुँदा विरामीले अक्सिजन लिन पाएका छैनन् ।

अक्सिजन सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले विभिन्न मेटलउद्योग, मोटरग्यारेज, वर्कसप, ग्यास वेल्डिङ हुने ठाउँका सिलिण्डर अस्पतालका लागि उपयोग गर्नेगरि संकलन गर्न थालेको छ ।

मेटलउद्योग, वर्कसप, ग्यारेज, ग्यास वेल्डिङ गर्ने ठाउँमा अहिले काम कम भएको र बिरामीलाई बचाउनु नै महत्वपूर्ण भएकोले त्यहाँका सिलिण्डर अस्पतालका लागि प्रयोग गर्न संकलन गरेको कास्कीका प्रहरी प्रमुख एसपी जिवनकुमार श्रेष्ठले बताए ।

कास्कीमा अक्सिजन उत्पादनमा समस्या नभएपनि सिलिण्डर अभाव हुँदा उत्पादित अक्सिजन बिरामी सामु पठाउन कठिन भएको उनले बताए ।

शनिबार मात्र पोखराभित्र संचालित ग्यारेज, मेटलउद्योग, वर्कसप लगायत ठाउँबाट १८७ थान अक्सिजनका सिलिण्डर संकलन गरेको एसपी श्रेष्ठले बताए । पोखरामा कालिगण्डकी र पोखरा अक्सिजन कम्पनीले अक्सिजन उत्पादन गर्ने गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese