no comments

बसपार्कको पुरानो टिकट काउन्टरलाई पुर्ववत रुपमा पोखराको ट्राफिक कार्यालय भएकै ठाउँ सार्न माग

पोखरा, १८ साउन / पोखरा पुरानो बसपार्कमा रहेको टिकट काउन्टर र त्यस क्षेत्रमा रहेको स्थानलाई पुर्ववत रुपमा फर्काउन जग्गा धनीहरुले माग गरेका छन् । शनिबार सोही ठाउँमा भेला भएका स्थानियहरुले पोखरा महानगर वडा नं ९ का अध्यक्ष रामराज लामिछानेलाई बसपार्कको पुरानो टिकट काउन्टरलाई पुर्ववत रुपमा सञ्चालन गर्न माग गरेका हुन् ।

२०३२ साल फागुन १८ गते पोखरा उपत्यका नगर विकास समितीले विभिन्न व्यक्ती र संस्थाको नाममा रहेको जग्गामा अधिकरण गरि निर्माण गरिएको टिकट काउन्टरलाई यथावतरुपमा सञ्चालन गर्न जग्गा धनीहरुले माग गरेका थिए ।

२०६२ सालमा जिल्ला ट्राफिक कार्यालय (गोलघर) भत्काइए पछि उक्त कार्यालय टिकट काउन्टरमा अस्थायी मुकामका रुपमा रहेको छ । अहिले ट्राफिकको स्थायी कार्यालयको निर्माण करिव सम्पन्न हुन लागे पछि सोही स्थानमा सर्ने तरखरमा रहेको छ ।

“नेपाल सरकारले जे पर्योजनका लागि अधिकरण गर्यो सोही प्रयोजनमा यो ठाउँ सञ्चालन हुुनुपर्छ” आज भेला भएका सबै जग्गा धनीहरु र स्थानियवाशीहरुले एकै स्वरमा आवाज उठाएका छन । “जिल्ला ट्राफिकको कार्यालय हाल निर्माण भइसकेकोले सोही स्थानमा सर्न र यात्रुलाई सहज वातावरण बनाउनु पर्छ”, जग्गा धनी मध्येका एक सुदर्शन रञ्जितले भने । पोखरामा यति बेला वसपार्कमा व्यवस्थित टिकट काउन्टर नहुँदा यात्रुहरुले कता गएर टिकट काट्ने भन्ने ठुलो द्विविधा रहेको उनको भनाई थियो ।

“वसपार्क भनेको ७७ जिल्लाका यात्रुहरु आवागमन हुने ठाउँ हो, तर अहिले व्यवस्थित टिकट काउन्टर नहुँदा यात्रुलाई भौतारिनु परेको छ” गण्डकी प्रेट्रोलियमका सञ्चालक समेत रहेका तेज गुरुङले भने–“हामी संग जे प्रयोजनका लागि भनेर जग्गा लिइयो त्यो यथावत हुनुपर्छ ।” पुर्व भारितय सैनिकहरुले

पोखरामा सञ्चालन गरेको गण्डकी पेट्रोलियमले समेत १२ आना जग्गा रहेको थियो । पोखरा वसपार्क पोखराका लागि ढोका भएकोले पनि यसको सुन्दरतामा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

पर्यटनको राजधानी शहर पोखरामा रहेको वसपार्कलाई लामो समय देखि व्यवस्थित गर्न खोजिएपनि ति सबै राजनितिक दलका घोषणा पत्रमा सिमित रहँदै आएको छ । “व्यवस्थित वसपार्कको खाँचो त हो तर वसपार्क व्यवस्थित गर्ने कुरा संधै ओझेल पर्दै आयो” भन्छन रञ्जित–“करिल ४५ वर्ष देखि वसपार्कको हालत दिन प्रतिदिन साँघुरिदै आएको छ, नेपाली होस वा विदेशी सबै यात्रुहरुले वसपार्क व्यवस्थित नहुँदा ठुलो सास्ती खेप्नु पर्छ ।”

पोखरा महानगरपालिका वडा नं ९ का अध्यक्ष रामराज लामिछानेले उक्त स्थानमा पर्यटन सूचना केन्द्र सहित हरियाली पार्क निर्माण गर्ने बताएका छन । “अधिकरण गरिएको जग्गा जुन पर्याेजनका लागि लिइएको हो त्यसको सोही प्रयोजन भयो भने सायद कोही कसैले विरोध पनि गर्ने छैनन” अध्यक्ष लामिछानेले भने । यसको उचित प्रयोग र निर्माणले ७७ जिल्लाबाट आउने यात्रुलाई विश्रामस्थल समेत हुने भएकोले यसको व्यवस्थि गर्न पहल गर्ने उनको भनाई थियो ।

उक्त जग्गा गण्डकी पेट्रोलिय पम्प, स्व. गोपाल तझ्या र स्व हरि गोपाल रञ्जितले वसपार्कको टिकट काउन्टरका लागि सहमतीमा पोखरा उपत्यका नगर विकास समितीलाई निशुल्क प्रदान गरेका थिए । सोही ठाउँमा भएको एक कार्यक्रममा गण्डकी पेट्रोलियमका सञ्चालक गुरुङले वडा अध्यक्ष लामिछानेलाई उपत्यका नगर विकास समितीले गरेको सहमतीको पत्र हस्तान्तरण गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese