no comments

पोखरामा ट्रक दुर्घटना दुई जनाको मृत्यु

पोखरा, १४ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २६ विजयपुरमा सवारी दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

लेखनाथबाट पोखरातर्फ आउँदै गरेको लु.२ख.२९४८ नम्बरको फलामे छड (रड) बोकेको ट्रक आफै अनियन्त्रित भई नालीमा पल्टिदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा लमजुङ पार्चे बस्ने वर्ष ४२ को भिम बहादुर तामाङ र हाल सम्म नामथर वतन नखुलेको करिब ४० बर्षिय पुरुषको मृत्यु भएको कास्कीका प्रहरी प्रमुख एसपि रमेश थापाले जानकारी दिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese