no comments

पोखरामा ३० जना सहित गण्डकी प्रदेशमा थप ७७ जना कोरोना संक्रमण

पोखरा, १४ असोज / गण्डकी प्रदेशमा बुधबार ७७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पोखरामा ३० जना सहित ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरामा ४२ दिने बालकलाई पनि कोरोना भएको छ । यससँगै गण्डकी प्रदेशमा संक्रमित संख्या ३ हजार ९ सय १० पुगेको छ ।

पोखरामा वडा प्रहरी कार्यालय रामवजारमा कार्यरत २७, २८, ३१ र ३४ वर्षीय पुरुष तथा २२–२२ र २३ वर्षीया महिला प्रहरीमा कोरोना संक्रमण देखिएको जनाएको हो । त्यसै गरि पोखरा वडा नं ४ का ३४ वर्षीय पुरुष, वडा नं ५ का २४ वर्षीय पुरुष, वडा नं ६ का ३० र ६५ वर्षीय पुरुष र ५५ वर्षीया महिला, वडा नं ८ का २५ वर्षीय पुरुष तथा वडा नं ९ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पोखरा वडा नं १० का ५७ वर्षीय पुरुष र ३२ वर्षीया महिला, वडा नं १२ का ४३ र ३९ वर्षीय पुरुष र २८ वर्षीया महिला, वडा नं १४ का ३८ वर्षीय पुरुष, वडा १५ का ८ वर्षीय वालक सहित २८ र ३७ वर्षीय पुरुष, वडा १६ का ३७ वर्षीय पुरुष, वडा नं १७ का २४ वर्षीय पुरुष, वडा नं १८ का ३४ वर्षीय पुरुष, वडा नं २७ की ४१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । कास्कीको अन्नपूर्ण गाउँपालिकाका वडा नम्बर २ का २८ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

त्यसै गरि गोरखा आरुघाटका वडा १ का २६ वर्षीय पुरुष, नवलपुर कावासोती वडा नं ३ की ३६ वर्षीया महिला र ३२ वर्षीय पुरुष, वडा नं ९ की १५ वर्षीया महिला र १२ वर्षीय वालक, वडा नं १४ की ४७ वर्षीया महिला, तनहुँको घिरिङ वडा नं ३ का २४ वर्षीय पुरुष, वडा ४ का १९ र २८ वर्षीय पुरुष, वागलुङ नगरपालिका नेपाली सेनामा कार्यरत ३३ र ३६–३६ वर्षीय पुरुष, नेपाल प्रहरीमा कार्यरत ४० वर्षीय पुरुष, वागलुङ वडा नं ११ का ३३ वर्षीय पुरुष, जैमिनी वडा नं ७ का ६१ वर्षीय पुरुष र ५२ वर्षीया महिला, लमजुङ राइनास वडा नं ७ का २२ वर्षीय एक पुरुषमा समेत कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese