no comments

पोखराको जिरोकिलोमिटरमा मोटरसाइकललाई ठक्कर दिएर कार फरार

पोखरा, १९ पुष / पोखरा ५ जिरो किलोमिटर नजिकै आइतबार बिहान कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

पोखरा ८ स्थित पृथ्वी राजमार्ग बस संचालक कम्पनि प्रा.लि.को कार्यालय नजिकै कारले मोटरसाइकललाई ठक्कर दिएर भागेको हो ।

जिरोबाट पृथ्वीचोक तर्फ आउदै गरेको ग १६ प ४५३ नं. को मोटरसाइकललाई सोही दिशाबाट आउदै गरेको सेतो रङको कारले बिहान ५.१५ बजे ठक्कर दिएको हो ।

दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका ४ घरभई पोखरा ५ पस्र्याङ बस्दै आएका मोटरसाइकल चालक २९ वर्षीय सन्तोष बराम घाइते भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले जानकारी दिए ।

बरामको सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने कार फरार रहेकोले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

त्यसै गरी पोखरा महानगरपालिका वडा नम्बर ३२ तल्लो गगनगौंडा स्थित स्कुल टोलमा ग ९ प ८३४ दुर्घटना भएको छ ।

मोटरसाईल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा २४ बर्षिय कृतिमान गुरुङ घाईते भएका छन् । उनको उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese