no comments

वोधि सत्वा विहारबाट करिब ३० लाखको स्वास्थ्य सामग्री पोखरामा वितरण

पोखरा, २१ जेठ/ पोखरा महानगरपालिका वडा नम्बर २२ को स्वास्थ्य चौकी देखि गण्डकी प्रदेशको शंक्रामक तथा सरुवा रोग अस्पताल सहित केही संघ संस्थालाई करिब ३० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

काठमाण्ठौंको वोधि सत्वा विहार र सामाजिक अभियान्ता शान्त शर्माको बिषेश पहलमा पोखरामा आएको २० थान अक्सिजन कन्सन्टेटर सहितको करिब ३० लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री विहिबार एक समारोहका बिच वितरण गरिएको पोखरा संयोजक एवं पत्रकार दीननाथ बरालले बताए ।

पोखरामा रहेका तीन वटा सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल, गण्डकी प्रदेशको शंक्रामक तथा सरुवा रोग अस्पताल, शिशुवा कोभिड अस्पताल (पोखरा—२७), कास्कीका चार गाउँपालिका, पत्रकार महासंघ कास्की, फोटो पत्रकार महासंघ गण्डकी प्रदेश सहितका विभिन्न संघ संस्थालाई प्राप्त स्वास्थ्य सामाग्री वितरण गरिएको छ । यद्यपी कास्कीको माछापुच्छ«े गाउँपालिका बाहेक अन्य रुपा, अन्नपूर्ण र मादी गाउँपालिकालाई शुक्रबार स्वास्थ्य सामाग्री वितरण गरीने भएको संयोजक बरालले जनाए ।

पोखराका तीन सामुदायिक अस्पताललाई जनही १० लिटरको २/२ र ५ लिटरको ३/३ वटा गरी ५/५ वटा अक्सिजन कन्सन्टेटर वितरण गरिएको संयोजक बरालले बताए । त्यसै गरी तीन सामुदायिक अस्पताललाई जनही एक/एक सय पिपिई सेट, एक/ एक काटुन औषधि, मास्क, सेनिटाइजर, टेवाइलेट क्लिनर, फिनेल, ह्याण्डवास, फेशशिल, अक्सोमिटर लगायतका स्वास्थ्य सामाग्रि रहेको उनले जनाए ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी, प्रतिष्ठानका निर्देशक डा.भरत खत्री, प्रतिष्ठानका कोभिड फोकल पर्सन डा. शरदचन्द्र बराल, शंक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा.विकास गौचनलाई उक्त स्वास्थ्य सामाग्री संयोजक दीननाथ बराल, सामाजिक वाल अभियान्ता पे्रन्शा रेग्मी, पोखरेली युवा व्यवसायी श्याम शेरचनले हस्तान्तरण गरेका थिए ।
त्यसै गरी कास्कीको माछापुच्छ«े गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडी, पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बराल, पोखरा २२ स्वास्थ्य चौकीका अहेव विदुर रेग्मी, पत्रकार महासंघ कास्कीका अध्यक्ष विमल भण्डारी, फोटो पत्रकार महासंघ गण्डकीका अध्यक्ष राम गुरुङलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

कास्कीको अन्नपूर्ण, रुपा र मादी गाउँपालिकालाई जनही ५ लिटरको अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्री शुक्रबार वितरण गरिने भएको छ । कास्कीका ४ गाउपालिकालाई जनही एक एक थान ५ लिटरको अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्रि वितरण गरिने भएको छ भने वडा कार्यालयलाई औषधि सहितको स्वास्थ्य सामाग्रि वितरण गरिएको हो । काठमाण्डौंबाट पोखरासम्म दुई वटा मिनि ट्रक गाडीमा उक्त सामान ल्याउने व्यबस्था भने सामाजिक अभियान्ता प्रेन्शा रेग्मीले गरेकी थिइन्।

गरिब दुःखी अशक्त्तको आहारा मास्टर उनै हुन सहारा भन्ने नारा साथ मास्टर्सको पहलमा नेपालमा यस बर्ष करिब १३ करोड भन्दा बढी मुल्यका स्वास्थ्य सामाग्री भित्रिदै गरेको नेपाल संयोजक शान्त शर्माले बताए । उनका अनुसार पहिलो चरणको कोरोनाको समयमा बुद्ध गुरु मास्टर्स र वोधि सत्वा विहारबाट करिब ५ करोड मुल्य बराबरको स्वास्थ्य सामाग्रि नेपालमा वितरण भएको थियो । पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले शंक्रमणका वेला पत्रकार बरालले गरेको पहलमा स्वास्थ्य सामाग्री कास्की क्षेत्रका सामुदायिक देखि स्थानिय निकायलाई सहयोग गर्न प्राप्त हुनु निकै ठुलो उपलब्धी भएको बताइन्।

स्वास्थ्य क्षेत्रमा कमजोर संरचना भएकोमा चिन्त्ता व्यत्त

मौलिक हक भित्र परेको स्वास्थ्य क्षेत्रमा कमजोर संरचना भएकोले महामारीका वेला सामना गर्न कठिन हुने गरेको वत्ताहरुले चिन्त्ता व्यक्त गरेका छन्। स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा पोखराका चिकित्सकहरुले कोरोना महामारीमा प्राप्त उक्त अक्सिजन कन्सन्टेटर सहितको स्वास्थ्य सामाग्रीले यस क्षेत्रका कोरोनाका बिरामीको लागि ठुलो उपलब्धि हुने विश्वास व्यक्त गरेका छन्।

पोखराका मेयर मानबहादुर जिसीले प्राप्त स्वास्थ्य सामाग्रिलाई आवश्यकताको आधारमा प्रयोग गर्ने बताउदै महामारीका वेला निजी क्षेत्रको समेत सहकार्य आवश्यक भएको बताए । नेपालकै कानुन अनुसार अघि बढ्न खोज्दा कानूनी झनझटीलो प्रकृयाले धेरै काम गर्न चाहेर पनि हुन नसकेको दाबी गरे । पोखरा २७ का वडा कार्यालयमा आफुहरुले चुनौती मोलेरै १० दिनमा एक सय वेडको आइसुलेसन सहितको शिशुवा कोभिड उपचार केन्द्रको अस्पताल संचालन गरेको मेयर जिसीले जनाए ।

प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले पानी परेसी मात्र छाता खोज्ने संस्कारले गर्दा नेपालको स्वास्थ्य क्षेत्र कमजोर व्यबस्थापनले गर्दा महामारीमा मानिसहरुलाई उचित स्वास्थ्य सेवा दिन कठिन हुने गरेको जनाए । उनले भने “स्वास्थ्य क्षेत्रमा अब पत्रकारहरुले पहिले नै जागरुक पार्दै लगानी गर्ने वातावरण गर्नुपर्यो, कोभिडले सरकारलाई स्वास्थ्य क्षेत्रमा लगानी गर्न बल्ल सचेत गराएको छ ।”

शंक्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा. विकास गौचनले जबसम्म सामुदायिक अस्पताललाई प्रभावकारी बनाउन सकिदैन तवसम्म स्वास्थ्य क्षेत्रबाट गरिब तथा मध्यम बर्गले निजी अस्पतालमा चर्को मुल्ले तिर्नुपर्ने बाध्यता हुने दाबी गरे । नेपालको करिब ३०/४० बर्ष अघि पुरानो प्रणाली भएकोले नेपालको स्वास्थ्य क्षेत्र कमजोर भएको उनको दाबी छ । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रमको संचालन पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष कृष्ण दवाडीले गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese