no comments

पोखरामा थप एक जनाको कोरोनाबाट मृत्यु

पोखरा, २८ असोज / पोखरामा थप एक जनाको कोरोनाबाट मृत्यु भएको छ । बाग्लुङ जिल्ला, बाग्लुङ नगरपालिका २ का ७७ बर्षीय कोरोना संक्रमित पुरुषको बुधबार १२ः१० बजे चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

उनको असोज २५ गते अस्पताल भर्ना भएका थिए । उनको कोभिड १९, मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको थियो । त्यसै गरी बुधबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक जनाको मृत्यु भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रको आईसियुमा स्याङजाको भिरकोट नगरपालिकाका ५२ बर्षिय महिलाको मृत्यु भएको हो ।

उनको बुधबार विहान ९ बजेर ३४ मिनेट जादाँ मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड १९ पोजेटिभबाट मृत्यु हुने तेहैं व्यक्ति हुन् । यो सगँ गण्डकीमा कोरोनाबाट अहिले सम्म ४६ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese