no comments

एन्फा लिगमा मनाङका तीन खेल पोखरामा हुने

पोखरा, २९ मंसिर/ मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन् । पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ । मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते पोखरामा भिड्दै छन् ।

दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने छ । मनाङमस्र्याङ्दीको होम ग्राउण्ड पोखरा रंगशाला बनाउदै फुटबल हुने भएको हो । त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्ने बुधबार पोखरामा आयोजीत पत्रकार सम्मेलनमा लिग संयोजक संजिब मिश्रले जानकारी दिए ।

एन्फाले पोखरामा मनाङ मर्स्याङ्दी क्लबको तीन खेल तय गर्दै नवौँ चरणसम्मको खेल तालिका सार्वजनिक गरेको छ । मनाङले पाँचौँ चरणमा नेपाल पुलिससँग ३ पुसमा पोखरा रंगशालामा खेल्नेछ । यस्तै मनाङले ब्रिगेड ब्वाईज क्लब (बीबीसी)सँग ११ पुषमा खेल्नेछ भने पुष २४ गते च्यासल युथ विरुद्ध खेल्नेछ ।

ए डिभिजन लिगको लागि पोखराको फुटबल मैदान तयारी गरिएको छ । गोडमेल गरिएको छ । १६ हजार ५ सय दर्शक अटाउने प्यारापिट तयारी छ । ३ हजार ५ सय सिट क्षमता जडान गर्न बाँकी छ ।

मनाङ मस्र्याङ्दी क्लबका सदस्य विजय घलेले लिग खेल्ने क्लबलाई समेत मनाङ मस्र्याङ्दीले सहमति गराईसकेको बताए । उनका अनुसार एउटै खेलको लागि ६/७ लाख रुपैयाँ खर्च हुन्छ । खर्चको लागि मनाङ मस्र्याङ्दीले टिकटको व्यवस्था गर्ने जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese