no comments

बिहेमा कोरोना फैलियो, बेहुला र बेहुलाकी आमाको मृत्यु

गण्डकीन्युज, ८ झापा/ झापाको गौरादह नगरपालिका ४ को एक बिहेघरमा कोरोना संक्रमण देखिँदा बेहुला र बेहुलाकी आमाको मृत्यु भएको छ ।

संक्रमणबाट गौरादह–४ खङटाका ३० वर्षीय बेहुला सन्तोष ताजपुरिया र उनकी आमाको मृत्यु भएको नगर स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठका अनुसार सङ्क्रमित सन्तोषको शुक्रबार विराटनगरस्थित कोसी कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गत वैशाख २४ गतेदेखि उनी उपचारत थिए ।

यसअघि आमा शान्तिदेवी ताजपुरियाको गत वैशाख २३ गते उपचारका क्रममा मृत्यु भएको थियो । वैशाख १५ गते सन्तोषको विवाह भएको थियो ।

विवाह भएको केही दिनमै बेहुला सन्तोष, बेहुली, आमासहित पाँच जनाको पूरै परिवारलाई सक्रमण देखिएको थियो । बेहुलीको पनि कोसी कोभिड अस्पतालमा उपचार भइरहेको गौरादह श्रेष्ठले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese