no comments

आँबुखैरेनी गाँउपालिकाको आँडीमुलमा पर्यटन प्रर्बद्धन

पोखरा, १४ फागुन/  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशले आँबुखैरेनी गाउपालिका वडा नं.१ आँडीमुलमा आँबुखैरेनी गाँउपालिकाको पर्यटन प्रर्बद्धनमा सञ्चारको भुमिका विषयक अन्तरक्रिया बिहीवार सम्पन्न गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय गण्डकी प्रदेश र आँबुखैरेनी गाँउपालिका तनहुँको सहयोगमा भएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय सर्किटको विकास जरुरी रहेको बताए ।

पर्यटकीय स्थलहरुको माला बनाउनुपर्दछ, एक्लो स्थानको प्रवद्र्धनले मात्रै पर्यटन विकास नहुने भएकाले आँडीमुल मात्रै नभई छिम्केश्वरी, अकलाथान, ऐना पहरा झरना, हिलेखर्क होमस्टे लगायतलाई जोड्नुपर्ने बताउनुभयो।

आँडीमुलको ऐतिहासिकता, सौन्दर्यता, धार्मिक महत्वको बारेमा प्रचार प्रसारमा संचार क्षेत्रले भुमिका खेल्ने विश्वास व्यक्त गर्नुहुदै उहाँले छिम्केश्वरी जेठी, मनकामना माइली, गोर्खा साईली र इच्छाकामना कान्छी भएको महिमाको समेत चर्चा गर्नुभयो।

छिम्केश्वरीको विकासको अत्यन्तै संभावनासँग आँडीमुल जोडिनुपर्नेमा जोड दिदै आगामी दिनमा नयाँ नयाँ योजनाहरु ल्याएमा गण्डकी प्रदेश सरकारको सहयोग रहने बताउनुभयो।

यसै विच उहाँले गण्डकी प्रदेश प्रहरी प्रसासनलाई नयाँ प्रविधीयुक्त बनाउने भन्दै संख्यामा भन्दा प्रविधीमा जोड दिदै प्रहरी सेवा कस्तो हुनुपर्दछ भन्ने नमुना बनाउने उद्घोष गर्नुभयो। गण्डकी प्रदेशमा शान्ति सुरक्षा र सुचना तथा सञ्चार क्षेत्रमा नयाँपन आउने उहाँको दावी थियो।

पर्यटनविद हिरिसिंह गुरुङले पर्यटन प्रवद्र्धनका लागि पर्यटनमा स्थानीय विशेषतालाई चिन्नुपर्ने, पर्यापयटनमा जोड दिनुपर्ने, समृद्धि पर्यटनबाटै खोज्नुपर्दछ भन्नुभयो। उहाँले तनहुँको विकास पर्यटन प्रवर्धनबाटै हुने दावी गर्नुभयो।

तनहुमा पर्यटनको धेरै संभावना भएकाले प्रचारका लागि मिडियाको सहयोग आवाश्यक रहेको गुरुङको भनाई थियो।

अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी सम्पादक सुर्यचन्द्र बस्नेतले कार्यपत्र प्रस्तुत गर्नुहुदै पर्यटन पत्रकारिताका आयामहरुको बारेमा जानकारी गराउनुभएको थियो।

उहाँले मिडिया प्रचारबाजी नभई सत्यतथ्य, आवाज विहिन र समृद्धिका लागि हुनुपर्दछ भन्दै पर्यटन प्रवद्र्धनका लागि संचार माध्यमहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताउनुभयो।

यसरी नै राससका प्रमुख समाचारदाता राजु शाक्यले अत्यन्तै महत्वपुर्ण कार्यक्रम फोनिजले आयोजना गरेको भन्दै प्रसंसासहित पर्यटन पत्रकारिताको रिपोर्टिङको बारेमा आफ्नो भनाई राख्नुभएको थियो।

आबुखैरेनी गाँउपालिकाका उपाध्यक्ष प्रमुख प्रसाकिय अधिकृत विष्णुप्रसाद पोखरेलले गाँउपालिकाको कार्यक्रम र योजनाहरुको बारेमा जानकारी दिनुभएको थियो।

उहाँले आँबुखैरेनीको समृद्धिको आधारको रुपमा रहेको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिदै अघि बढेको बताउनुभयो।

आँबुखैरेनी गाँउपालिका वडा नं. १ का वडाध्यक्ष किसान थापाले वडाका बारेमा जानकारी गराउनुहुदै आँडीमुलको विकासका लागि प्रदेश र संघ सरकारको नजर पुग्न नसकेको गुनासो गर्नुभएको थियो।

कार्यक्रममा फोनिज गण्डकी प्रदेशका इञ्चार्ज हुमबहादुर गुरुङ कार्यक्रमको उद्धेश्य बारे प्रष्ट पार्नुभएको थियो भने स्थानीय शिक्षक एवम गायक कमल सापकोटाले गीतबाटै आँडीमुलको चर्चा गर्नुभएको थियो।

गण्डकी प्रदेशका पत्रकारहरुको बृहत सहभागीता रहेको कार्यक्रमको अध्यक्षता आँबुखैरेनी गाँउपालिका अध्यक्ष गिरबहादुर थापा, स्वागत फोनिज गण्डकीका अध्यक्ष एम बी आस्था, धन्यवाद मन्तव्य आँबुखैरेनी गााउपालिका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ र संचालन फोनिज गण्डकी महासचिव रुद्र श्रीस मगरले गर्नुभएको थियो।

कार्यक्रममा स्थानीयले राखेका जिज्ञासाका बारेमा गाँउपालिका अध्यक्ष गिरबहादुर थापाले प्रष्ट पार्नुभएको थियो।

आँबुखैरेनी गाँउपालिका वडा नं. १ मा जंगलको काखमा अवस्थित जलशक्ति देवीको रुपमा पुजिने आँडीमुलमा हरिबोधनी एकादशीमा ठुलो मेला लाग्ने गर्दछ। पानी कहिल्यै धमिलो नहुने आँडीमुलमा २२ धारा बनाइएकाछन् भने आँडीमुल पोखरीमा मत्स्यदेवीको रुपमा पुजिने पोखरीको माछाहरु रहेकाछन्।

पृथ्वी राजमार्गको सत्रसय बजारबाट दक्षिणतर्फ साढे २ किलो मिटरको कच्ची सडकको दुरीमा रहेको आँडीमुलमा मनमोहक जालशय, माछाहरु, पार्क र पिकनिक स्थल रहेको छ। आँडीमुल नामलाई विगत केही समयदेखि आँधीमुल भनिदै र लेखिदै आएकोमा केही स्थानीयले नाम अपभ्रंश गरिएको भनि आपत्ति समेत जनाएका थिए।

TechSansar.com - Technology Navigator website for Nepalese