no comments

पोखरा २ र अन्नपूर्णमा स्वास्थ्य सामग्री वितरण

हेमजा, १९ साउन / नेलम्बो नेपालले पोखरा २ र अन्नपूर्ण गाउँपालिकामा आइतबार स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) को बढ्दो संक्रमण र उच्च जोखिमको परिस्थितिलाई मध्यनजर गर्दै संस्थाले परियोजनाको दोस्रो चरण अन्र्तगत त्यसको रोकथाम र नियन्त्रणमा सावधानी अपनाउन सामाग्रीहरु वितरण गरेको हो ।

उक्त संस्थाले थर्मल गन, गल्वस्, मास्क, सेनिटाइजर, सेष्टी भेष्ट र केएन् ९५ मास्क पोखरा २ का वडाध्यक्ष रामेश्वर मल्ललाई हस्तान्तरण गरेको हो । वडाध्यक्ष मल्लले सहयोग प्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि नेलब्बोसँग हातेमालो गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाएका थिए ।

त्यस्तै संस्थाले अन्नपूर्ण गाँउपालिकामा पनि पिपिई सेट, थर्मल गन, गल्वस्, सेनिटाइजर, केएन् ९५ मास्क, हात धुने साबुन, बेट्री, हेड क्याप लगायतका सामग्रीहरु प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष युवराज कुँवर, उपाध्यक्ष सगुन गुरुङ, प्रमुख प्रशासकिय अधिकृत युवराज अधिकारी, स्वास्थ्य संयोजक ऋषिराम पौडेल र २ का वडाध्यक्ष चुडामणि अधिकारीको उपस्थितिमा सामग्री हस्तान्तरण गरेको हो ।

गाउँपालिका अध्यक्ष कुँवरले विषम् परिस्थितिमा संस्थाले गर्दै आइरहेको सहयोग सराहनीय रहेकोमा धन्यवाद दिए ।उनले संस्थाले परियोजनाको पहिलो चरणमा उपलब्ध गराएका स्वास्थ्य सुरक्षाका समाग्रीहरु पनि गाउँपालिका अन्र्तगत विभिन्न स्वास्थ्य चौकी र क्वारेन्टिन स्थलमा वितरण गरेको जानकारी दिए ।

नेलब्बोका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक डा. किसन कोइराला, जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारी र स्वास्थ्य प्रवद्र्धन अधिकृत निर्मला देवकोटासहितको टोलीले दुवै स्थानमा सामग्रीहरु प्रदान गरेको हो ।

TechSansar.com - Technology Navigator website for Nepalese