no comments

अंग्रेजी नयाँ वर्षमा पोखरामा २३ औं सडक महोत्सव

पोखरा, २५ मंसिर/ पोखरामा अंग्रेजी नयाँ वर्षको अवसरमा २३ औं सडक महोत्सव हुने भएको छ । दुई दशकदेखि निरन्तर महोत्सव पुष १५ गतेदेखि १७ गतेसम्म रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान) ले आयोजना गर्दै आएको छ ।

महोत्सवले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने र पोखरालाई ‘अगेंजी नयाँ बर्षको गन्तव्य स्थल’ बनाउनका लागि महोत्सव आयोजना गदैं आएको रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान) पोखराका अध्यक्ष लक्षमण बरालले जानकारी दिए । महोत्सवको मूल नारा ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ रहेको छ ।

महोत्सव पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म हुने महोत्सवका संयोजक नरेश भट्टाइले बताए । ३ दिनसम्म हुने यो महोत्सव सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद रहने भट्टाइले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणको रुपमा रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले बताए । लेकसाइड क्षेत्र क्रिसमस डे बाटै बेहुलीजस्तै सिघारी सज्जि सजावट हुने छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, भाँकि प्रदशृन, रात्रिकालिन कन्सर्ट, डुंगा, दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक हुने छन् ।

त्यस्तै ख्यातिप्राप्त कलाकारहरुको दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुने उनले जानकारी दिए । महोत्सव सम्पन्न गर्न रेवानका उपाध्यक्ष नरेश भट्टराई, सचिव भिष्म राज पौडेल, र सह–कोषध्ष्क्ष रोशन जंग कार्की सह–संयोजक रहने गरी उपसमितिहरु गठन भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese