no comments

जग्गा कित्ताकाट खुल्यो

काठमाडौं, २३ भदौ / सरकारले जग्गा कित्ताकाट थप खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट खुला गरेको निर्णय सहितको पत्र भूमि व्यवस्था तथा अभिलेख विभागमा पठाएको छ ।

भदौ १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट खुला गरिएको हो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा पत्र पठाइसकेको छ । मन्त्रालयको पत्र प्राप्त भएसँगै अब मालपोत कार्यालयलाई सर्कुलर जारी गर्ने तयारी गरेको छ ।

यसअघि २०७४ सालमा तत्कालिन भूमि वयवस्था मन्त्री गोपाल दहितले कृषियोग्य जमिन खण्डीकरण गर्न रोको थिए । बर्तमान सरकारले कृषियोग्य जग्गाको खण्डीकरण अहिले खुला गरेको छ । पत्रमा कृषियोग्य जग्गाको खण्डीकरण सम्बन्धी यसअघिका निर्णय बदर गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese