no comments

नयाँ आइफोन ७ र ७ प्लसमा के छ नयाँ

iPhone 7 & iPhone 7 Plus – संसार कै सबैभन्दा धनि प्रविधि सम्बन्धि कम्पनी एपलले हिजो राती नयाँ आइफोन आइफोन ७  र ७ प्लसमा सार्वजनिक गरेको छ । आइफोन ७ संगै एपलले नयाँ हेडफोन एअरपोड र एपल वाच २ सिरिज पनि सार्वजनिक भएको छ  ।

आइफोन ७ र ७ प्लसमा के छ त?

Array of iPhone 7 Plus Apple just announced

Array of iPhone 7 Plus Apple just announced

  • आइफोन ७  र ७ प्लस पूर्ण रुपमा वाटर प्रुफ वा पानी नपस्ने छन् (Water Resistant)
  • आइफोन ७  र ७ प्लस ६ भिन्न भिन्न रङ्गमा उपलब्ध छन्: चादी, सुन, गुलाब सुन, कालो र झन् कालो (silver, gold, rose gold, black and even blacker black)
  • नयाँ A10 प्रोसेसर
  • स्क्रिन रेजोलुसन निकै धेरै
  • हेडफोन छैन (अपलकै लाइटेनिंग तार बाट हेडफोन जोड्नु पर्ने)
  • आइफोन ७ प्लसको पछिल्लो भागमा २ वोटा क्यामरा छन्
  • 6S भन्दा ७ मा २ घण्टा बढी र 6S भन्दा ७ प्लसमा १ घण्टा बढी ब्याट्री टिक्ने एपलको दाबी छ
  • भण्डारण (storage) मा ३२, १२८, र २५६ GB उपलब्ध छन्

एपलको नयाँ हेडफोन एअरपोड (AirPod) नयाँ आइफोनमा आफै कनेक्ट हुने छन्|

नेपालमा एपलको कुनै आधिकारिक वितरक छैन तेसैले नयाँ आइफोन ७  र ७ प्लस नेपालमा कहिले पाइन्छ र कसले बेच्छ भन्ने कुनै सूचना हाल सम्म छैन | एनसेल र ओलीज स्टोरले पहिलाको जस्तै प्याकेजमा बेच्ने भए पनि नेपाली उपभोक्ताले अर्को ३-४ महिना कुर्न पर्ने हुन्छ |

In English read: What’s new with Apple’s all NEW iPhone 7 and 7 Plus!

TechSansar.com - Technology Navigator website for Nepalese