no comments

ह्वाट्सएप संसारकै सर्वाधिक लोकप्रिय एप्लिकेशन

ह्वाट्सएप संसारकै सर्वाधिक लोकप्रिय एप्स सावित भएको छ । डिजिटल मार्केट इन्टिलिजेन्स कम्पनी सिमिरलेभले विश्वका १ सय ८७ देशमा गरेको एन्ड्रोइड डाटा अध्ययनका आधारमा यो तथ्यांक सार्वजनिक गरेको हो ।
अध्ययनअनुसार विश्वका १ सय ९ देशमा ह्वाट्सएपका प्रयोगकर्ता सर्वाधिक छन् । तीमध्ये पनि भारत, ब्राजिल, मेक्सिको, बेलायत तथा रूसमा यसका प्रयोगकर्ता बढी छन् । दक्षिण अमेरिका, युरोप, अफ्रिका एवं एसियाका धेरै देशका मानिस ह्वाट्सएप चलाउँछन् ।
अध्ययनअनुसार इराक, लिबिया, श्रीलंका, बेलारुस, युक्रेन आदि देशका धेरै मानिसले भाइबर चलाउँछन् । अस्ट्रेलिया, क्यानाडा र अमेरिकालगायतका ४९ देशमा फेसबुक म्यासेन्जर एप लोकप्रिय छ ।

TechSansar.com - Technology Navigator website for Nepalese