no comments

युवा उधमशीलता साक्षात्कारसंगै जेसिजको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

पोखरा १७ असोज / पोखरा जेसिजले युवा उधमशीलताको लागी साक्षात्कार कार्यक्रम गर्दै जेसिज सप्ताहको अन्त्य गरेको छ । विश्व कोरोना महामारीको चपेटामा परेको अवस्था छ । कोरोना महामारीकै कारण यतिबेला व्यापार व्यवसाय, खेलकुद तथा मनोरञ्जनका क्षेत्र बन्द भएका छन् । देशकै पर्यटकीय प्रदेश गण्डकी प्रदेश यतिबेला सुनसान भएको छ ।

प्रदेशको मुख्य आम्दानीको बाटो पर्यटन क्षेत्र यतिबेला ठप्प हुन पुगेको छ । प्रतिकुल अवस्थालाई अनुकुलतामा बदल्ने सोचका साथ पोखरा जेसिजले युवाहरुलाई कसरी उधमशीलता बन्ने भन्ने विषयमा साक्षात्कार कार्यक्रम सहित सम्पन्न गरेको हो ।

अनलाईनमार्फत सञ्चालन गरिएको उक्त कार्यक्रमा बोल्दै पर्यटन विद् तथा सफल पर्यटन व्यवसायी कर्ण शाक्यले जीवनलाई पढाईले मात्र नभएर भोगाइले समेत सफल बनाउने बताए । एउटा सफल व्यवसायी बन्नको लागी आफ्नो भोगाइलाईनै मार्ग बनाउन आवश्यक रहेको उनले बताए । आफ व्यवसायमा अनविज्ञ भएतापनि भोगाइले नै आफुलाई सफलता दिलाएको शाक्यको भनाइ छ ।

पोखरा तथा आसपासका सम्पुर्ण क्षेत्र घुमिसकेका शाक्यले गण्डकी प्रदेश पर्यटनको लागी निकै महत्वपुर्ण पाटो रहेको बताए । आयश्रोत आयआर्जनको लागी सानोबाट सुरुगर्नुपर्ने उनले बताए । आफुले भ्रमण गरेकै कारणले आफुमा व्यवसाय गर्ने चाहाना लागेको बताए ।

‘हामीले जीवनमा चुनौतीको सामना गरेकै छौ । भोगेको दुःखले कथा बोक्ने गर्छ सुखले कथा बोक्दैन । समस्याको समाधान गर्न सकेमात्र अघि बढ्न सकिन्छ । समाधान भनेकै समस्याको छायाँ हो । समस्या आएपछिमात्र विकल्प निकाल्ने गरिन्छ जस्ले सफलताको बाटो तर्फ लैजान्छ’ शाक्यले भने ।

आफ्ना जीवनका अनुभव सुनाउँदै उनले प्रकृतिलाई समेत बुझ्न आग्रह गरे । पोखराका सातवटा ताल र हिमालको कारणले पोखरामा प्रसस्त मात्रामा एरोडाइनामिक हुने बताउँदै विश्वमै एक मात्र उत्कृष्ट साहसिक खेल प्याराग्लाईडिङ हुने गरेको बताए । तरपनि प्रचारको निकै कमी भएको बताए । पोखरा साहसिक खेलको लागी समेत प्रख्यात रहेको र सोहि क्षेत्रमा लगानी गर्न सके सफल व्यवसायी बन्न सकिने बताए ।

कार्यक्रममा पुर्व गर्भनर तथा नेपाल सरकार पुर्व पर्यटन सचिव दिपेन्द्र ढकाल सहित, जेसिज पदाधिकारीहरुको समेत सहभागीता रहेको थियो । समाज विकासको लागी अग्रसर जेसिजले आफुहरुलाई धेरै कुराहरु सिक्ने र सिकाउने मौका दिएको कार्यक्रम संयोजक मिनराज खड्काले जानकारी दिए । जेसिज पोखराका अध्यक्ष शिवप्रसाद सापकोटाले प्रतिकुलतालाई समेत अनुकुलतामा बदलेर कार्यक्रमको आयोजना गरिएको बताए ।

यस अघि पोखरा जेसिजले गरेको स्वास्थ्य, शैक्षिक, खेलकुद तथा खाध सामग्री वितरण तथा महिलाहरुको लागी सेनेटरी प्याड बनाउने तालिम सम्पन्न गरेको थियो भने । शुक्रवार गण्डकी युवा वक्ता सिजन २ सम्पन्न गरेको छ । सो प्रतियोगिताको प्रथम राधा पंगेनी, द्धृतिय प्रेरणा पराजुली तथा तृतीय कौशल कार्की भएका थिए । उनीहरुले क्रमश नगद ५ हजार, ३ हजार र २ हजार रुपैँया प्राप्त गरे ।

TechSansar.com - Technology Navigator website for Nepalese