no comments

पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

पोखरा, २५ मंसिर / पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार र बिहीबार उपचारकै क्रममा थप ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका १० का ८१ वर्षीय पुरुषको बिहीबार बिहान ३ बजे उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ भने तनहुँको शुक्लागण्डकी नगरपालिका ८ का ७४ वर्षीय कोरोना संक्रमित पुरुषको पनि बिहीबार बिहान सवा ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

त्यसै गरी बुधबार पोखरा महानगरपालिका १३ का ५१ वर्षीय पुरुषको बिहान साढे ५ बजे फिस्टेल अस्पताल र वडा नम्बर ७ का ६५ वर्षीय पुरुषको बुधबार साँझ ७ बजे मृत्यु भएको उनले बताए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese