no comments

१५ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथन १ सय ५६ जना धाबक सहभागी हुने

पोखरा, २९ माघ/ भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १ सय ५६ जना धावकहरुले भाग लिने भएका छन् ।

बिहीबार पत्रकार सम्मेलनमा ४२.१९५ किलोमिटरको म्याराथन सँगै यो संस्करणबाट महिलाहरुको हाफ म्याराथन (२१ किलोमिटर) समेत हुने मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिए ।

पोखरालाई ‘सिटी म्याराथन’को अवधारणा अनुरुप विश्वमा परिचय गराउने उद्देश्यले आयोजित प्रतियोगितामा म्यारथन तर्फ २ जना विदेशी सहित १ सय ५६ जनाले भाग लिने गुरुङले जानकारी दिए ।

महिलाहरुका लागि आयोगित हाफ म्याराथनमा १९ जनाले सहभागीता जनाउने उनले बताए । बाहिरी जिल्लाबाट आउने क्रम जारी रहेका कारण अझै केही संख्यामा धावकहरु बढ्ने उलने बताए ।

कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिलारपुरुष, ५ किलोमिटर छात्ररछात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौडभने फरक–फरका मितिमा आयोजना हुने मञ्चका अध्यक्ष गुरुङले जानकारी दिए ।

म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन । त्यस्तै महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने उनको भनाई छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५१ लाख खर्च हुने मञ्चले जनाएको छ । म्याराथन पोखरा रंगशालाबाट शुरु भएर पोखरा महानगरका १७ वटा वडाहरुका सडक मार्ग हुँदै पुनः पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।

कोभिडका कारण यो वर्ष भने पोखरा म्याराथनको लोकप्रिय रहेको ‘रन फर फन’ नहुने भएको मञ्चका सचिब कृष्ण तिमिल्सिनाले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese