no comments

पूर्व प्रधानन्यायाधीश पनि संसद पुनस्थापन पक्षमा छन्- नेता योगश भट्टराई

पोखरा, २३ पुष / नेकपा स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सच्चिएर घर फर्किन आग्रह गरेका छन् ।

नेकपा निकट सम्बद्ध जनवर्गिय संगठनको जिल्लास्तरीय संयुक्त भेलालाई पोखरामा बिहीबार सम्बोधन गर्दै भट्टराइले प्रधानमन्त्रीलाई ढिला नगरी सच्चिएर पार्टीमा फर्किन आग्रह गरे ।

भट्टराईले संसद विघटन गर्ने प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले सर्वाेच्च अदालतले संसद पुर्नस्थापना गर्ने विश्वास व्यक्त गरे ।

भट्टराईले २०४६ सालपछि अहिले सम्मका पूर्व प्रधानन्यायाधीश, पूर्व महान्यायाधिवक्ता र बारका पूर्व अध्यक्ष सबै प्रधानमन्त्रीको कदमको विपक्षमा रहेको दावी गरे ।

नेता भट्टराईले अधिनायकवादी ओलीलाई सेनाले पनि साथ नदिने बताए । ‘ज्ञानेन्द्र शाहको पथमा हिंडेका ओलीलाई सेनाले

पनि साथ दिदैन,’ उनले भने, ‘ज्ञानेन्द्रको जत्तिको जग ओलीको छैन । ज्ञानेन्द्रलाई त साथ नदिएको सेनाले ओलीलाई पक्का साथ दिदैन ।’ सेना लोकतान्त्रिकरण भइसकेको बताउँदै उनले भने, ‘सेना सत्ता र शक्तिको पछि लाग्दैन ।

नेता भट्टराईले सुर्य चिह्न र नेकपा पार्टी पहिले पनि आफुहरु सँगै रहेको पछि आफुहरु सँगै रहने बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese