no comments

सिद्ध बराह तपोवन सन्यास आश्रममा हुनमानको विशाल मुत्ति सगँ परिक्रमा पदमार्ग बन्ने

पोखरा, २२ फागुन/ पोखरा २३ माथुममा रहेको सिद्ध बराह तपोबन सन्यास आश्रममा १०८ फिटको हनुमान मुर्तिसंगै परिक्रमा पदमार्ग बन्ने भएको छ ।

पदमार्गको शनिबार गण्डकी प्रदेशसभाका सांसद राजिव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र पोखरा महानगरपालिका २३ का वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले शिलन्यास गरेका हुन् ।

सांसद राजिव पहारीले जनप्रतिनिधि शासक बन्न खोज्यो भने विग्रने बताए । जनप्रतिनिध जनताको सेवक हुनुपर्ने भन्दै उनले आफूले असल सेवक बन्ने प्रयास गरिरहेको धारणा राखे ।

पोखरा महानगरपालिका वडा नम्बर २३ विकास निर्माणका दृष्टिकोणले महानगरमै पछाडि रहेको भन्दै अब भने विकासले गति लिएको उल्लेख गरे ।

गत वर्ष मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पुगेर शिलान्यास भएको विशाल हनुमानको मुर्ति निर्माणको काम कोरोना संक्रमणका कारण अगाडि बढ्न नसकेपनि अब त्यसले गति लिने उनको भनाई छ ।

विशाल मुर्ति र परिकर्मा पदमार्ग सहितको संरचनाले उक्त क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने उनले अपेक्षा प्रकट गरे ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धार्मिक र सांस्कृतिक कार्यक्रमले समुदायलाई जोड्ने काम गर्ने बताए । उनले स्थानीय नागरिक सहभागी रहेर बन्ने काम दीर्घकालसम्म नै प्रभावकारी बन्ने धारणा राखे ।

आफू पनि हनुमानको भक्त भएकाले महादेवको विशाल मुर्ति स्थापना गर्न व्यक्तिगत ढंगले सकेको सहयोग गर्ने उनले प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रममा वडाध्यक्ष विष्णुप्रसाद पराजुली, मुल समितिका उपाध्यक्ष भिम सुवेदी, गुरुकुल व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भेषराज पराजुली, सिद्धबाबा आमासमुहकी अध्यक्ष सकुन्तला भण्डारी र निर्माण समिति अध्यक्ष सूर्य भण्डारी लगायतले त्यस ठाउँको महत्यवको बारेमा चर्चा गरेका थिए ।

पदमार्ग निमार्णका लागि २७ लाखको रुपैयाँ लागत लाग्ने अनुमान रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese