no comments

पोखरामा ट्याक्सी चालकलाई कोरोना संक्रमण

पोखरा, ७ भदौ / गण्डकी प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कास्कीमा २ जना, नवलपुरमा ६ र गोरखामा १ जना जना गरी ९ जनामा कोरोना सक्रमण देखिएको हो ।

बिहान पोखरामा २ जनामा कोरोना देखिएको थियो । यो सगँ आज गण्डकी प्रदेशमा ११ जनामा र पोखरामा ४ जनामा कोरोना देखिएको छ । कास्कीको पोखरा महानगरपालिका १६ का ३१ बर्षिय महिला र ४० बर्षिय पुरुषमा कोराना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । पुरुष ट्याक्सी चालक भएको उनले जनाकारी दिए ।

त्यसै गरी नवलपुरको विनयत्रिबेणीका ३ महिला र ३ जना पुरुषमा, गोरखा १ जना पुरुषमा कोरोना देखिएको उनले बताए ।
आइतबार विहान पोखरा महानगरपालिकामा पोखरामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सगँ पोखरामा २ सय ६३ जनालाई कोरोना संक्रमण देखिएको छ भने कास्कीमा २ सय ८७ जना पुगेको छ । कास्कीमा अहिले सम्म १ सय ७७ जना निको भएर घर फर्किएका छन् । अहिले पोखराका १ सय ६ जना आइसोलेसनमा छन् ।

अहिले सम्म पोखराका दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा १ हजार ८ सय ७९ मा कोरोना देखिएको छ भने १ हजार ६ सय ११ जनाको कोरोना निको भएको छ । अहिले सम्म गण्डकीमा ७ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese