no comments

संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला

पोखरा, २९ फागुन/ संसदीय पत्रकार मञ्च गण्डकीको अध्यक्षमा भरत कोइराला सर्वसम्मत चयन भएका छन् ।

संसदीय पत्रकार मञ्च गण्डकीको तेस्रो साधारणसभा तथा दोस्रो अधिबेशनले कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष अमृत सुवेदी, सचिवमा रोहितराज पराजुली, कोषाध्यक्ष तारा चापागाईं दुवे र सहसचिव युवराज श्रेष्ठ चयन भए ।

त्यसै गरी सदस्यहरुमा प्रकाश ढकाल, बासु पौडेल, बिशन क्षेत्री, उमा आले मगर, युवराज गुरूङ (युनिश), उमेश पुन मगर चयन भएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese